मच्छिन्द्रलाई हराउँदै सङ्कटा फाइनलमा

काठमाडौँ, माघ १४ गते । सङ्कटा क्लब राजधानीमा जारी सभापति कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दशरथ रङ्गशालामा सोमबार भएको प्रतिस्पर्धात्मक सेमिफाइनल खेलमा मच्छिन्द्र क्लबलाई सडनडेथमा ८–७ गोलले हराउँदै सङ्कटाले फाइनलमा स्थान बनाएको हो । रोमाञ्चक खेलको निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएको थियो । त्यसपछि खेल टाइब्रेकरमा पनि ५–५ गोलको बराबरीहुँदै सडनडेथमा पुगेर सकिएको थियो । […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ,  पुस २५ गते । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३७ रुपैयाँ ०६ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ६६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर एक सय ४१ रुपैयाँ १८ पैसा र बिक्रीदर […]

ललितपुरको चेस टिम अग्रस्थानमा

काठमाडौँ, पुस ११ गते । ललितपुरको तुल्सीलाल प्रतिष्ठानमा सञ्चालन भइरहेको राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपमा बिहीबार दोस्रो चरणको खेल सम्पन्न भएका छन् । नेपाल बुद्धिचाल महासंघले आयोजना गरेको प्रतियोगितामा आयोजक ललितपुर स्पोर्ट्स क्लब, दुई पटकका विजेता थापाथली चेस पार्क, ललितपुर महानगरपालिका टिम,  दोलखा जिल्ला बुद्धिचाल संघ र ललितपुरको महालक्ष्मी नगरपालिका चार अंकसहित अग्रस्थानमा रहेका छन्। […]

नेपाललाई ब्याडमिन्टनमा एक कांस्य

काठमाडौँ,  पुस १० गते । योनेक्स सनराईज नेपाल इन्टरनेशनल ब्याडमिन्टन च्यालेन्ज–२०२४ मा नेपालको यात्रा एक कांस्यमा सिमित भएको छ । राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा बुधबार भएको सेमिफाइनल खेलमा नेपालका नम्बर एक खेलाडी प्रिन्स दाहाल र रसिला महर्जनको जोडी थाइल्याण्डका नोन्ताकोर्न थोङ्ग अन र कोड्चापोर्न चाईछानाको जोडीसँग २१–१५, २१–१७ ले पराजित भएपनि नेपालले कांस्यमा चित्र […]

गोदावरी रंगशाला निर्माणका लागि राष्ट्रिय वनको जग्गा प्रयोग गर्न स्वीकृति दिने सरकारको निर्णय

काठमाडौं, पुस ७ गते। सरकारले गोदावरी बहुउद्देश्यीय रंगशाला निर्माणका लागि राष्ट्रिय वनको ३.४५ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको छ। पुस ५ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुहुँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यस्तो जानकारी दिनुभएको हो। पत्रकार सम्मेलनमा निर्णय सुनाउनुहुँदै प्रवक्ता गुरुङले भन्नुभयो, ‘गोदावरी बहुउद्देश्यीय रंगशाला निर्माण […]

एनपिएल विजेता जनकपुरलाई राष्ट्रपतिको बधाई

काठमाडौँ, पुस ६ गते।  राष्ट्रपति रामचन्द्र पौडेलले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जित्न सफल जनकपुर बोल्ट्सलाई बधाई दिनुभएको छ। साथै उहाँले प्रतियोगितामा सहभागी सबैलाई शुभकामना दिँदै आगामी संस्करणहरूमा अझ राम्रो गर्ने विश्वास व्यक्त गर्नुभएको छ। शनिबार दिउँसो कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले पराजित गर्दै जनकपुरले एनपिएल पहिलो […]

सुदूरपश्चिम शीर्षस्थानमा रहँदै प्लेअफमा

काठमाडौँ, मङ्सिर ३० गते ।  सुदूरपश्चिम रोयल्स शीर्षस्थानमा रहँदै एक खेल अगाडि नै नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफमा पुगेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा सुदूरपश्चिमले यसअघिनै प्लेअफ होडबाट बाहिरिएको पोखरा एभेन्जर्सलाई पाँच रनले हरायो । जितसँगै सुदूरपश्चिमले ६ खेलबाट १० अङ्क बनाएको बनाएको छ । सुदूरपश्चिमले पहिलो क्वालिफायर खेल्ने सम्भावना पनि बलियो बनाएको छ […]

एनपिएल विराटनगरलाई हराउँदै काठमाडौँ प्लेअफको संघारमा

काठमाडौँ, मङ्सिर ३० गते : विराटनगर किङ्ग्सलाई एक विकेटले हराउँदै काठमाडौँ गुर्खाज नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफ संघारमा उभिएको छ । त्रिवि मैदान कीर्तिपुरमा आइतबार जितका लागि एक सय १८ रनको सामान्य लक्ष्य पछ्याएको काठमाडौँले १८.१ ओभरमा नौ विकेटको क्षतिमा एक सय २० रन जोड्दै लक्ष्य पूरा गरेको हो । पराजित विराटनगर यसअघिनै प्लेअफ होडबाट बाहिरिसकेको छ […]

एनपिएलः काठमाडौं गुर्खाज छ विकेटले विजयी

काठमाडौं, मङ्सिर २९ गते : नेपाल प्रिमियर लिग (एनपिएल)को शनिबार भएको पहिलो खेलमा काठमाडौं गुर्खाजले पोखरा एभेञ्जर्सलाई छ विकेटले पराजित गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पोखराले दिएको एक सय ३९ रनको लक्ष्य काठमाडौंले १४ दशमलव एक ओभरमा चार विकेटको क्षतिमा पूरा गर्‍यो । यो जितसँगै काठमाडौं गुर्खाज प्लेअफ नजिक पुगेको छ । काठमाडौंको […]

एसिया कप छनोट : नेपाल समूह ‘एफ’ मा

काठमाडौँ, मङ्सिर २४ गते ।  सन् २०२७ मा साउदी अरबमा आयोजना हुने एसिया कप फुटबलको तेस्रो चरणको छनोट खेलमा नेपाल समूह ‘एफ’ मा परेको छ । एसियाली फुटबल महासङ्घ (एएफसी) ले सोमबार सार्वजनिक गरेको समूह विभाजनमा नेपाल समूह ‘एफ’ मा परेको हो । नेपालको समूहमा आयोजक मलेसिया, भियतनाम र लाओस रहेको छ । आगामी मार्चमा […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल