काठमाडौँ, असोज २२ गते । चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धि २.१ प्रतिशतमा झर्ने अनुमान गरिएको छ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको अशान्ति र बढेको राजनीतिक तथा आर्थिक अनिश्चितका कारण आव (सन् २०२५/२६) मा आर्थिक वृद्धि २.१ प्रतिशतमा झर्ने अनुमान विश्व बैङ्कले गरेको हो । दक्षिण एसियाको […]
काठमाडौँ, असोज २२ गते । देशमा उत्पन्न विषम परिस्थितिको असरका कारण पर्यटक आगमन घटेको छ । नेपालमा सेप्टेम्बर र अक्टोबरको समयलाई पर्यटनका लागि आकर्षक यामका रूपमा लिइन्छ तर यामको सुरुमै पर्यटकीय संरचनामा पुगेको क्षति र सुरक्षा संवेदनशीलताका कारण सेप्टेम्बरमा गत वर्षभन्दा १८ प्रतिशतले पर्यटक घटेका छन् । पर्यटन बोर्डका कार्यकारी निर्देशक दीपकराज जोशीले भन्नुभयो, “आन्दोलनपछि दिनचर्या करिब […]
काठमाडौँ, असोज १९ गते । प्रतिकूल मौसमका कारण देशभरको हवाई यातायात प्रभावित भएको छ । अविरल वर्षाका कारण उडानका लागि चाहिने आवश्यक दृश्य क्षमता (भिजिबिलिटी) कमजोर हुँदा शनिबार आन्तरिकतर्फका अधिकांश उडान रद्द भएका छन् भने बाह्यतर्फका छ वटा जहाज डाइभर्ट भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता रिन्जी शेर्पाले भन्नुभयो, “अविरल वर्षाले मौसम प्रतिकूल […]
गुलरिया (बर्दिया), असोज १९ गते । दसैँको समयमा पनि बर्दियाका केरा बिकेका छैनन् । भारतबाट केरा आयात नरोकिएपछि बर्दियाका केरा दसैँमा पनि नबिकेको हो । बर्दियामा करिब पाँच सय हेक्टरमा केरा खेती हुने गरेको छ । जसमध्ये मुस्किलले २५० हेक्टर क्षेत्रफलको केरा बिकेको किसानले बताएका छन् । गत वर्ष दसैँअगाडि नै केरा व्यापारी किसानको खेतबारीमा […]
काठमाडौँ,असोज १८ गते । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४०, आलु रातो प्रतिकिलो रु ५२, आलु रातो (भारतीय) […]
मुक्तिनाथ (मुस्ताङ), असोज १५ गते । मुस्ताङको घरपझोङ गाउँपालिका–२, मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रको स्याउ बारीमा म्याग्दी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख पशुपति ढकाल करिब एक घण्टा स्याउ बारीमा रमाउनुभयो । विदाको मौका छोपी मुस्ताङ पुग्नुभएका ढकालसँगै गएका पाँचजनाले केन्द्रलाई २ सय रुपियाँ राजस्व बुझाएर स्याउ बारीमा भिडियो, फोटो खिच्ने र आफुँले अघाउन्जेल स्याउ खाएर […]
वासिङ्टन, असोज १५ गते । अमेरिकामा मध्यरात बजेसँगै कङ्ग्रेसले कोषसम्बन्धी अस्थायी उपाय पारित गर्न असफल भएपछि सङ्घीय सरकार आधिकारिक रूपमा बन्द भएको छ । ‘अब के हुन्छ भन्ने स्पष्ट छैन’ भनेर सिएनएनले उल्लेख गरेको छ । सन् २०१९ पछि यो पहिलो सरकारी बन्द हो । दुवै पार्टीका नेताहरू दोषारोपमा अडिग छन् । रिपब्लिकनहरूले हालको कोषलाई […]
काठमाडौँ, असोज ११ गते । सामुदायिक विद्यालयका कतिपय शिक्षकहरूले समयमा तलब नपाएका बारे शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले चासो दिएपछि कुन स्थानीय तहका कुन विद्यालयका शिक्षकले तलब पाउन बाँकी छ भन्ने खोजी सुरु भएको छ । शिक्षामन्त्री पुनले केन्द्र सरकारबाट रकम निकासा भइसकेको अवस्थामा सामुदायिक विद्यालयका कतिपय शिक्षकहरूले दसैँ आए पनि तलब नपाएको गुनासो […]
काठमाडौं, असोज १० गते । नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका कर्मचारी र ग्राहकलाई हुण्डाई गाडीको अधिकृत विक्रेता लक्ष्मी इन्टरनेसनल प्रालिका शाखाबाट गाडी खरिद गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूले सो कम्पनीबाट हुण्डाइ ब्राण्डका […]
चन्द्रपुर (रौतहट), असोज १० गते । कोष तथा लेखा नियन्त्रक कार्यालय रौतहटका प्रमुख कोष नियन्त्रक देवीप्रसाद गौतमले सुशासन कायम तथा पारदर्शितालाइ प्राथमिकतामा राखी कार्य सम्पादन अगाडि बढाइएको बताउनुभएको छ । उहाँले अहिलेको सरकारको नीति अनुसार भ्रष्टाचार र बेथिति रोक्न विभिन्न प्रयासको थालनी गरिएको जानकारी दिनुभयो । जेनजी आन्दोलनको घटनापछि सुशासन, पारदर्शिता कायममा सरकाले मुख्य जोड […]