काठमाडौँ, ११ असोज ः विश्व रेबिजविरुद्धको दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । रेबिज रोकथाम र यस रोगविरुद्धमा भइरहेको प्रगतिको जागरुकता जगाउनका लागि हरेक वर्ष सेप्टेम्बर २८ लाई विश्व रेबिज दिवसको रुपमा मनाइन्छ । यस वर्षको नारा ‘सबैका लागि एक, सबैका लागि एकै स्वास्थ्य’ ले स्वास्थ्य केही चुनिएका व्यक्तिका लागि मात्र होइन, सबैका […]
चितवन, ९ असोज ः स्वास्थ्य बीमामा आवद्ध बिरामीलाई एक महिनाको मात्रै औषधि वितरण गरिँदा भरतपुर अस्पतालमा भीड बढेको छ । केही महिनाअघिसम्म दीर्घरोगीका लागि दुई महिनासम्मको औषधि एकैपटक वितरण गरिँदै आएकामा पछिल्लो समय एक महिनाको मात्रै प्रदान गर्न लागिएको हो । एक महिनाका लागि मात्रै औषधि दिँदा टाढा–टाढाका बिरामीले झमेलासमेत व्यहोर्नुपरेको छ । बहिरङ्गको टिकट […]
दमौली (तनहुँ), ९ असोज : डेङ्गुको सङ्क्रमणबाट तनहुँमा यसवर्ष तीन जनाको मृत्यु भएको छ । मृत्यु हुने तीनै जना व्यास नगरपालिकाका विभिन्न वडाको रहेका छन् । नगरपालिकाको स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार गत असार १६ गते व्यास –१० का ३५ वर्षीय युवा, यही असोज २ गते व्यास–११ का १५ वर्षीय युवा र यही असोज ८ […]
काठमाडौँ, ९ असोज : क्षयरोगका बिरामीलाई औषधि सेवनका लागि सहज बनाउन ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा क्षयरोग उपचार डट्स केन्द्र स्थापना गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र र टोखा नगरपालिकासँगको सहकार्यमा डट्स केन्द्र स्थापना गरिएको हो । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा प्रज्वल श्रेष्ठ, टोखा नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत शेरबहादुर बिसी […]
काठमाडौँ, ४ असोज : विश्व अल्जाइमर्स दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष सेप्टेम्बर २१ का दिन मनाइँदै आएको अल्जाइमर्स (बिर्सिने रोग) विस्मृति दिवसको यस वर्षको नारा ‘कहिल्यै धेरै चाँडो पनि हुँदैन, कहिल्यै ढिलो पनि हुँदैन’ रहेको छ । रोगको पहिचान समयमै गर्ने र यो रोग हुन बढावा दिने मुख्य कारकतत्वलाई […]
काभ्रेपलाञ्चोक, ४ असोज ः काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकाले नसर्ने रोगको निःशुल्क परीक्षण र उपचार अभियान सुरुआत गरेको छ । वडा नं ५ र ९ मा गाउँघर क्लिनिक केन्द्रको शुभारम्भ भएसँगै नसर्ने रोगको निःशुल्क परीक्षण र उपचार थालिएको हो । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा मधुमेह र उच्च रक्तचापको परीक्षण र उपचार गर्ने आयोजनाअनुसार बुधबारदेखि नसर्ने […]
काठमाडौँ, ३१ भदौ : सरकारले आन्दोलरत नेपाल चिकित्सक सङ्घसँग वार्ता गर्नका लागि वार्ता टोली गठन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयका अतिरिक्त सचिव डा विकास देवकोटाको संयोकत्वमा पाँच सदस्यीय वार्ता समिति गठन गरेको मन्त्रालयका सहसचिव तुलसीनाथ गौतमले जानकारी दिनुभयो । समितिको सदस्यमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालय, कानुन न्याय तथा संसदीय […]
लुम्बिनी, ३० भदौ : लुम्बिनी प्रादेशिक अस्पतालले विशेषज्ञ सेवासहितको सेवा प्रदान गर्दै आएको छ । यस अस्पतालमा बहिरङ्ग (ओपिडी) विभागमा दैनिक बिरामीको परीक्षण र उपचार गर्ने क्षमता पाँच सय जति रहेको छ । तर यहाँ दैनिक दुई हजार पाँच सयसम्म बिरामी उपचारका लागि आउछन् । अस्पतालमा विशेषज्ञ सेवासहित दुई दर्जन बढी स्वास्थ्य सेवा उपलब्ध छ […]
खाँदबारी (सङ्खुवासभा), २९ भदौ : सङ्खुवासभामा डेङ्गु सङ्क्रमण रोक्न जिल्ला रेडक्रस सोसाइटीले तीन महिने अभियान थालेको छ । जिल्लामा डेङ्गु सङ्क्रमण तीव्र गतिमा फैलिए पछि रेडक्रसले उक्त अभियान थालेको हो । रेडक्रसले आगामी नोभेम्बरसम्म डेङ्गुविरुद्धको अभियान सञ्चालन गरेको हो । यस क्रममा विद्यालयमा बालबालिकालाई डेङ्गुको बारेमा जानकारी दिन ‘स्कूल हेल्थ नर्स’ कार्यक्रम अघि बढाइएको जिल्ला […]
चितवन, २७ भदौ : चितवनस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका लागि आएका बिरामी र आफन्तले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतसँग अस्पतालमा हुने गरेका समस्या राखेका छन् । उनीहरूले मङ्गलबार अस्पताल निरीक्षण गर्न पुग्नुभएका मन्त्री बस्नेतलाई अस्पतालको प्रशासन कार्यालय अगाडि भेटेर समयमा उपचार नपाएको गुनासो गरेका हुन् । मोरङबाट उपचारका लागि यहाँ आउनुभएकी दिव्या तिमिल्सिनाले […]