सुदूरपश्चिममा उपेक्षित उष्णप्रदेशीय रोगको जोखिम बढ्दै

कञ्चनपुर, १७ माघ : उपेक्षित उष्णप्रदेशीय (गर्मी क्षेत्रमा हुने) रोगको जोखिम सुदूरपश्चिम क्षेत्रमा बढ्दै गएको छ । विभिन्न प्रकारका भाइरस, ब्याक्टेरिया, परजीवी, ढुसी र विषाक्त पदार्थका कारणले उष्णप्रदेशमा बस्ने व्यक्तिलाई असर गर्दै आएको छ । व्यक्ति बिरामीमात्रै नभएर ज्यानसमेत जाने गरेको जनाइएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका कीटजन्य अधिकृत (कार्यक्रमका फोकल पर्सन) हेमराज […]

शहीद दिवसको अवसर पारेर काङ्ग्रेसले आजदेखि औपचारिक रुपमा “समुदायमा कांग्रेस” अभियान सुरु गर्ने ।

काठमाडौँ । आजदेखि नेपाली कांग्रेसको “समुदायमा कांग्रेस” अभियान सुरु भएको छ। शहीद दिवसको अवसर पारेर काङ्ग्रेसले आजदेखि औपचारिक रुपमा अभियानको सुरुवात गरेको हो। अभियान अन्तर्गत आज सबै वडा तहमा कार्यक्रम हुने कांग्रेसले जनाएको छ। २६ गतेसम्म सञ्चालन हुने अभियानमा नेताहरुले जनताका कुरा सुन्नेछन् तर औपचारिक कार्यक्रम भने हुने छैन। अभियानका लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि […]

स्वास्थ्य बीमालाई थप प्रभावकारी तुल्याउँदै लैजानुपर्छ :प्रधानमन्त्री

काठमाडौँ, १४ माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याउने उद्देश्यले अगाडि बढाइएको स्वास्थ्य बीमालाई थप प्रभावकारी तुल्याउँदै लैजानुपर्ने बताउनुभएको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १२ औँ सभामा प्रधानमन्त्री एवं कुलपति ‘प्रचण्ड’ले सामाजिक स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यमा सहयोग पु¥याउनुपर्नेमा जोड दिनुभयो । […]

आज ७१औँ विश्व कुष्ठरोग दिवस : मधेस प्रदेशमा अधिक कुष्ठरोगी

काठमाडौँ, १४ माघ : एकहत्तरौँ विश्व कुष्ठरोग दिवस आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । ‘कुष्ठरोगसम्बन्धी गलत धारणाको अन्त्य गरौँ, मर्यादित व्यवहार गरौँ’ भन्ने मूल नाराका साथ जनवरी २८ अर्थात् आज नेपालभर विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागिएको हो । कुष्ठरोग आँखाले देख्न नसकिने ‘माइकोव्याक्टेरियम लेप्रे’ नामक सुक्ष्म कीटाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने […]

आँखा उपचारमा ऐतिहासिक फड्को : २९ हप्तामा जन्मेको शिशुको ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’ सफल

काठमाडौँ, १२ माघ : नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’ (एलएसभी) पद्धतिबाट गरिएको जटिल प्रकारको आँखाको शल्यक्रिया सफल भएको छ । सो अस्पतालमा यसप्रकारको शल्यक्रिया पहिलोपटक गरिएको हो । यस्ता जटिल शल्यक्रिया नेपालमा विरलै हुने बताइएको छ । नवजात शिशुको ‘रेटिनोप्याथी अफ प्रि मेच्योरिटी’ (आरओपी)का कारण आँखामा रगत जमेर पर्दा तानिएको एवं आँखामा रगत […]

गर्भवती तथा सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

गोरखा, ५ माघ : गोरखाको गण्डकी गाउँपालिकाले पालिकाभित्रका गर्भवती तथा सुत्केरीका लागि अस्पतालसम्म आवतजावतका गर्न निःशुल्क एम्बुलेन्स सेवा सुरुआत गरेको छ । पालिकाभित्रका गर्भवतीलाई सुत्केरी गराउन पालिकाभित्रका बर्थिङ सेन्टर वा अन्यत्र अस्पतालमा लैजान र ल्याउनका लागि पालिकाले निःशुल्क रुपमा एम्बुलेन्स सेवा उपलब्ध गराउन सुरु गरेको गाउँपालिकाका अध्यक्ष दीपक तिमेल्सिनाले जानकारी दिनुभयो । “पालिकाभित्र सुत्केरी गराउन […]

गर्भवतीलाई गाउँमै निःशुल्क भिडियो एक्सरे सेवा

गोरखा, २९ पुस : उत्तरी गोरखाको विकट धार्चे गाउँपालिकामा गर्भवतीका लागि गाउँमै निःशुल्क भिडियो एक्सरे सेवा प्रदान गर्न थालिएको छ । गाउँपालिकाले सुरु गरेको ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रमअन्तर्गत पालिकाभित्रका सम्पूर्ण गर्भवतीका लागि भिडियो एक्सरे सेवा उपलब्ध गराउन सुरु गरिएको हो । गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले गर्भवती तथा गर्भमा रहेका शिशुको स्वास्थ्य अवस्थाको जाँच गर्न जिल्ला अस्पताल […]

कलेजो प्रत्यारोपणमा आत्मनिर्भर बन्दै प्रत्यारोपण केन्द्र

भक्तपुर, २८ पुस : भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा पहिलो पटक तीन वर्षीय बालकको सफल कलेजो प्रत्यारोण गरिएको छ । केन्द्रका कार्यकारी निर्देशक एवं वरिष्ठ मिर्गौला तथा कलेजो प्रत्यारोपण शल्यचिकित्सक डा पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा बालकको सफल कलेजो प्रतयारोपण भएको हो । केन्द्रका कार्यकारी निर्देशक डा श्रेष्ठले पर्साको वीरगञ्जका तीन वर्षीय बालकका लागि ३० वर्षीय […]

बाजुरा अस्पतालमा ‘फिजियोथेरापी’ सेवा सञ्चालन

बाजुरा, २४ पुस : जिल्ला अस्पताल बाजुराले सोमबारदेखि ‘फिजियोथेरापी’ सेवा सञ्चालनमा ल्याएको छ । अस्पताल व्यवस्थापन समिति, मानव संशाधन केन्द्र (एचआरसी) नेपाल र हेन्डीक्याप इन्टरनेसनल फेड्रसन नामक गैरसरकारी संस्थाको आर्थिक एवं प्राविधिक सहयोगमा सो सेवा सञ्चालनमा ल्याइएको हो । अस्पतालका प्रमुख डा समिता पुनका अनुसार १५ शय्या (बेड) सञ्चालन भएको अस्पतालमा फिजियोथेरापी सेवा सञ्चालन गर्ने […]

लेबाङमा सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन

ढोरपाटन (बागलुङ), २३ पुस : निसीखोला गाउँपालिका–१ लेबाङमा सामुदायिक स्वास्थ्य एकाइ सञ्चालनमा आएको छ । अहिलेसम्म लेबाङवासी तीन घण्टाको यात्रा गरेपछि मात्रै स्वास्थ्य संस्था पुग्ने गर्दथे । गाउँमै सामुदायिक स्वास्थ्य एकाइ सञ्चालनमा आएपछि सामान्य घाउ, चोटपटक र बिरामी परेपछि उपचारका लागि घण्टौँ लगाएर अस्पताल पुग्न नपर्ने स्थानीय डिलबहादुर पुनले बताउनुभयो । गाउँमा कोही बिरामी भए […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल