म्याग्दी, मङ्सिर ८ गते । म्याग्दी, पर्वत र कास्की जिल्लाको सिमानामा रहेको प्राकृतिक एवम् धार्मिक पर्यटकीयस्थल कालाञ्जर हम्पालको जलजला क्षेत्रमा ताल निर्माण गर्न सम्भाव्यता अध्ययन थालिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका, पर्वतको जलजला गाउँपालिका, मोदी गाउँपालिका र कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकासम्म फैलिएको जलजला क्षेत्रमा पर्यटकलाई आकर्षित ताल निर्माणका लागि अध्ययन थालिएको हो । जलजला गाउँपालिकाका […]
काठमाडौँ,मङ्सिर ८ गते । सरकारले आमनागरिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन शुरु गरेको सामाजिक सुरक्षा कोषमा झण्डै रु एक खर्ब बराबरको योगदान रकम पुगेको छ । कोषका अनुसार हालसम्म कूल योगदान रकम रु ९५ अर्ब ४४ करोड १० लाख ५६ हजार तीन सय ६२ बराबर पुगेको छ । कोषमा हालसम्म सूचीकृत रोजगारदाता २२ हजार तीन सय […]
काठमाडौँ, मङ्सिर ८ गते । यहाँ जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा सोमबार दुई खेल हुनेछन् । पहिलो खेलमा बिहान पौने १२ बजे साविक विजेता जनकपुर बोल्ट्स र विराटनगर किङ्स तथा दोस्रो खेलमा अपराह्न ४ बजे साविक उपविजेता सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबिच प्रतिस्पर्धा हुनेछ । विराटनगर र सुदूरपश्चिम अपराजित यात्रा कायम राख्ने […]
काठमाडौँ, मङ्सिर ७ गते । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण, भयरहित र स्वतन्त्र वातावरणमा सम्पन्न गर्न गृहमन्त्री ओमप्रकाश अर्यालको सक्रियतामा तीन वटै सुरक्षा निकायका लागि आवश्यक सवारी साधनको खरिद अनुमति दिएसँगै प्रक्रियासमेत अघि बढेको छ। गृह मन्त्रालयको सक्रियतापछि अर्थ मन्त्रालयले पनि हालैको जेनजी प्रदर्शनपछि पूर्णरुपले आगजनीमा परेर ध्वस्त भएका अत्यावश्यक सवारी साधनको खरिद प्रक्रिया […]
चरीकोट, मङ्सिर ७ गते । नेपाल सरकारका सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनले बनाएको सरकारले जेनजी आन्दोलनका घाइते र मृतकको योगदानलाई खेर जान नदिने बताउनुभएको छ । मन्त्री खरेलले भदौ २३ र २४ गते भएको आन्दोलनको स्मरण गर्दै घाइते र मृतकको योगदान खेर जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो। आइतबार कालिन्चोक–८ सुनखानीमा कालिनाग माध्यामिक […]
काठमाडौँ, मङ्सिर ७ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालले कास्कीस्थित राष्ट्रिय माध्यमिक विद्यालयको भवन तथा जग्गा गैरकानूनी रूपमा निजी विद्यालयलाई भाडामा दिएको मुद्दामा संलग्न आठजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले आज विशेष अदालत, काठमाडौँमा दायर गरेको आरोपपत्रमा विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित पदेन सदस्य, अन्य सदस्य तथा निजी विद्यालयका सञ्चालक–प्रिन्सिपल मिलेर सरकारी/सामुदायिक सम्पत्ति निजी प्रयोगमा ल्याई […]
काठमाडौँ, मङ्सिर ७ गते । कास्कीको अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार कास्कीको अन्नपूर्ण—२ आसपास केन्द्रविन्दु भएर आज साँझ ५ः१९ मिनेट जाँदा चार ‘रेक्टरस्केल’को भूकम्प गएको हो । यसअघि, गत कात्तिक २१ गते अछामको बाबला आसपास केन्द्रविन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको थियो ।
काठमाडौँ, मङ्सिर ७ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा.सुधा गौतम र नेपालका लागि जापानका राजदूत महामहिम माइदा तोरुबीच आइतबार शिष्टाचार भेट भएको छ । उक्त भेटमा नेपाल–जापानबीचको स्वास्थ्य सहकार्यका विषयमा महत्वपूर्ण छलफल भएको मन्त्रालयले जनाएको छ। भेटका क्रममा मन्त्री डा.गौतमले दुई देशबीचको स्वास्थ्य क्षेत्रमा रहेको द्धिपक्षीय साझेदारीलाई अझ दिगो र प्रभावकारी बनाउने सम्बन्धमा गहन […]
फिदिम, मङ्सिर ७ गते। नेकपा (एमाले)को आसन्न ११ औं राष्ट्रिय महाधिवेशनमा प्रतिनिधि जान पाँचथर जिल्लाबाट ३२ जनाको उम्मेद्वारी दर्ता भएको छ। एमाले पाँचथरले गठन गरेको निर्वाचन समितिमा आइबार उम्मेद्वारी दर्ता भएको हो। जिल्लाबाट खुलामा चार, महिलामा दुई, दलितमा एक र युवामा एक गरेर आठ जना प्रतिनिधि चयन हुने निर्वाचन अधिकृत जयप्रसाद केरुङले जानकारी दिनुभयो। जसमा […]
काठमाडौँ, मङ्सिर ७ गते। सर्वोच्च अदालतले मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको छ। आज न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले प्रसाईंका छोरा निराजन प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमा आदेश जारी गर्दै प्रसाईंलाई तत्काल थुनामुक्त गर्न आदेश गरेको हो। अदालतको आदेशमा अभिव्यक्तिका […]