
झापा, २१ मङ्सिर : कोशी प्रदेशका चिया किसानले उत्पादन गरेको तयारी चिया बिक्री नहुँदा समस्या भएको छ । छ महिनादेखि उद्योगमा तयारी अवस्थामा रहेको करिब एक करोड केजी चिया गोदाममै थन्किएको चिया व्यवसायीले बताएका छन् । इलाम र झापाका व्यवसायीका अनुसार करिब ५१ लाख केजी अर्थोडक्स चिया र ५० लाख केजीभन्दा बढी सिटिसी चिया उद्योगका […]
म्याग्दी, २१ मङ्सिर : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण आधार शिविरमा रहेको ‘पञ्चकुण्ड’ तालको पानी जमेर बरफ बनेको छ । समुद्री सतहदेखि चार हजार एक सय ९५ मिटर उचाइमा करिब २० हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको पञ्चकुुण्ड ताल जमेको हेर्न र तालमाथि सहासिक यात्रा गर्न बेसिजनमा पनि पर्यटकको लर्को लागेको छ । पानी जमेर तालमाथि मानिस […]
गल्याङ, २१ मङ्सिर : स्याङ्जाको गल्याङ नगरपालिका–११ जिमुहाँस्थित जिमुहाँ शीतभण्डार सहकारी संस्था लिमिटेडबाट यो वर्ष रु दुई करोड ६० लाखको बीउ आलु निर्यात भएको छ । जिमुहाँ शीतभण्डार सहकारी संस्था लिमिटेडका अध्यक्ष रुमलाल कँडेलले दुइ सय ८४ जना कृषकले भण्डारण गरेको चार सय टन आलुको बीउ निर्यात गरेको राससलाई जानकारी दिनुभयो । जिमुहाँ शीतभण्डार सहकारी […]
बेनी (म्याग्दी), २१ मङ्सिर : रोजगारीको सिलसिलामा कुवेतमा पुगेर चरम श्रम शोषणमा पर्नुभएकी म्याग्दीको बेनी नगरपालिका–९ घतान काउलेगौडाकी हिराकुमारी चोखालको सकुशल उद्धार भएको छ । आकर्षक तलबको प्रलोभनमा परेर भारत हुँदै कुवेत पुग्नुभएकी ३३ वर्षीया चोखालले आफूमाथि चरम श्रम शोषण भएको भन्दै उद्धारको लागि अनुरोध गरेपछि म्याग्दी प्रवासी नेपाली सङ्घ मोना कुवेत, मोना अन्तरराष्ट्रिय, गैरआवासीय […]
तनहुँ, २१ मङ्सिर : नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री तथा पूर्वशिक्षामन्त्री गोविन्दराज जोशीले शैक्षिक क्षेत्रमा अपेक्षित सुधार नहुँदा युवा वर्गको विदेश पलायन नरोकिएको बताउँदै त्यसमा व्यापक सुधार अपरिहार्य भएकामा जोड दिनुभएको छ । तनहुँको भानु नगरपालिका–११ मानेचौकास्थित त्रिभुवन क्याम्पसको रजत महोत्सवको बुधबार उद्घाटन गर्दै पूर्वमन्त्री जोशीले गुणस्तरीय एवं व्यावसायिक शिक्षा आजको अहिलेको आवश्यकता भएको बताउनुभयो । उहाँले […]
चितवन, २० मङ्सिर : भरतपुर महानगरपालिकाभित्र कार्यरत स्वास्थ्य स्वयंसेविकालाई मङ्गलबार सम्मान गरिएको छ । बीसौँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसका अवसरमा महानगरभित्रका दुई सय सात स्वयंसेविकालाई नगदसहित सम्मान गरिएको हो । बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले उहाँहरूलाई सम्मान गर्नुभएको हो । प्रदेश सरकारले प्रदेशभरि नै कार्यरत स्वास्थ्य स्वयंसेविकालाई सम्मान गर्ने कार्यक्रमअन्तर्गत महानगरका स्वयंसेविकालाई सम्मान गरिएको […]
धुलिखेल (काभ्रेपलाञ्चोक), २० मङ्सिर : काभ्रेपलाञ्चोक जिल्लाको बनेपाबाट खरिदको स्रोत नखुलेका गरगहना र रकमसहित एक जनालाई पक्राउ गरिएको छ । ठूलो परिमाणमा सुन तथा चाँदी गाली बिक्री गरेको भन्ने सूचनाका आधारमा प्रहरीले बनेपा नगरपालिका–७ वकुटोलस्थित एक घरमा डेरा गरी बस्ने भारतको महाराष्ट्र प्रदेश साङ्ली जिल्लाका ३९ वर्षीय सचिन विभुतेलाई पक्राउ गरेको हो । इलाका प्रहरी […]
काठमाडौँ, २० मङ्सिर : औषधि व्यवस्थापन विभाग र नेपाल प्रहरीले अवैधरूपमा औषधि बिक्री गर्ने एक फार्मेसीलाई शिलबन्दी गरेको छ । विभागको टोलीले कपन क्षेत्रका औषधि पसलबाट लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा मङ्गलबार नेपाल प्रहरी र स्थानीय जनप्रतिनिधिसँगको सहकार्यमा गरेको बजार अनुगमनका क्रममा अवैधरूपमा औषधि बिक्री वितरण गर्ने बूढानीलकण्ठ नगरपालिका–१० आदर्शनगर चोकस्थित लाइफ केयर फर्मालाई शिलबन्दी […]
काठमाडौँ, २० मङ्सिर : परराष्ट्र सचिव भरतराज पौड्यालले सेवाबाट अवकाश लिनुभएको छ । “करिब ३७ वर्ष लामो सक्रिय निजामती सेवाबाट आजदेखि अवकाश लिएको छु”, सामाजिक सञ्जालमा उहाँले लेख्नुभएको छ । सरकारले श्री पौड्याललाई क्यानडाका लागि नेपाली राजदूतमा सिफारिस गरेको छ । संसदीय सुनुवाइ समितिले सरकारको उक्त सिफारिसलाई अनुमोदन गरिसकेको छ । सचिव पौड्यालले अनिवार्य अवकाश […]
काठमाडौँ, २० मङ्सिर : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर रहेको उहाँको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् । मङ्गलबार अपराह्न नियमित स्वास्थ्य परीक्षणका निम्ति सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारी पुग्नुभएका उहाँलाई डा अरुण मास्केसहितको चिकित्सक टोलीले सघन उपचार कक्षमा राखेर उपचार थालेको गृह मन्त्रालयले जनाएको छ । यसअघि गत असोज ३० देखि […]