सञ्चय कोषमा योगदानकर्ताका दम्पतीले पनि अब उपचार खर्च पाउने

काठमाडौँ, १६ माघ : कर्मचारी सञ्चय कोषले आफ्ना योगदानकर्तालाई उपलव्ध गराउँदै आएको स्वास्थ्योपचार सेवाको दायरा विस्तार गरेको छ । आगामी फागुन १ गतेबाट लागू हुनेगरी योगदानकर्ताका दम्पतीले पनि स्वास्थ्योपचार पाउनेगरी दायरा विस्तार गर्न लागिएको कोषले जनाएको छ । कोषले २०७६ सालदेखि सञ्चयकर्तालाई अस्पताल भर्ना भई उपचार गरिएको साधारण रोगको हकमा प्रत्येक वर्ष अधिकतम रु एक […]

पुनःस्थापनाका पर्खाइमा पाँच हजार बढी मुक्त कमैया

गोदावरी (कैलाली), १६ माघ : सुदूरपश्चिममा पाँच हजार बढी मुक्त कमैया, हलिया तथा कमलरी पुनःस्थापनाको पर्खाइमा रहेका छन् । आर्थिक वर्ष २०७५÷०७६ मा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मुक्त कमैया, हलिया र कमलरी व्यवस्थापनको जिम्मेवारी स्थानीय तहमा हस्तान्तरण गरेपछि स्पष्ट कानुन नहुँदा हालसम्म पुनःस्थापना हुन नसकेको हो । मुक्त कमैया समाजका अध्यक्ष पशुपति […]

आज देशभर विभिन्न कार्यक्रमसहित शहीद दिवस मनाइँदै

काठमाडौँ, १६ माघ : देश र जनताका लागि शहादत प्रदान गर्ने शहीदहरूको सम्मानमा विभिन्न कार्यक्रमका साथ आज देशभर विभिन्न कार्यक्रमका साथ शहीद दिवस मनाइँदैछ । इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित जनताका पक्षमा भएका आन्दोलनमा मृत्युवरण गरेका वीर सपुतहरूको सम्मानमा आज विविध कार्यक्रमका साथ देशभर शहीद दिवस मनाइने परम्परा छ । गत वर्षहरूमा जस्तै […]

धनुषामा भन्सार छलीका सामान बरामद

गोदार (धनुषा), १५ माघ : भारतबाट अवैधरुपमा भन्सार छली गरेर नेपाल ल्याउँदै गरेको रु सात लाख ५७ हजार बराबरको खाद्यान्न, लत्ताकपडा, हार्डवेयरका सामानसहित मोटरसाइकल धनुषा प्रहरीले बरामद गरेको छ । भारतबाट नेपालतर्फ भन्सार छलेर ल्याएको किराना सामान, प्याज, खुर्सानी, कपडा र हार्डवेयरका सामान आइतबार प्रहरीले बरामद गरेको हो । सामान ओसारपसारमा प्रयोग गरिएका तीन मोटरसाइकलसमेत […]

प्रज्ञा–प्रतिष्ठानमा नेपाल–चीन साहित्यिक अन्तक्र्रिया

काठमाडौँ, १५ माघ : नेपाल प्रज्ञा–प्रतिष्ठान, अरनिको समाज र विश्व चीनशास्त्र केन्द्र (पेइचिङ)ले आइतबार संयुक्तरूपमा ‘चिनियाँ साहित्यकारको स्वागत तथा नेपाल–चीन साहित्यिक अन्तक्र्रिया’ कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा ‘चीन अल्पसङ्ख्यक जातीय साहित्य अध्ययन संस्था’का उपाध्यक्ष चाउ यान्पियाउको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले उक्त अन्तक्र्रियामा भाग लिएको थियोे । कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले अनुवादको माध्यमबाट मात्रै कुनै […]

शैक्षिक गुणस्तर सुधार गर्न अक्षयकोष स्थापना

पाँचथर, १५ माघ : अभिभावकले बालबालिकालाई अङ्ग्रेजी माध्यममा पठनपाठन हुने विद्यालयतर्फ लैजान थालेपछि पाँचथरको एक विद्यालयका प्रधानाध्यापक दम्पतीले अङ्ग्रेजी माध्यममा पठनपाठन गराउनका लागि अक्षयकोष स्थापना गरेका छन् । कुम्मायक गाउँपालिका–१ खाल्डेस्थित खाल्डे माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक एगेन्द्रबहादुर खड्का र उहाँका श्रीमती एवं सोही विद्यालयका हालका प्रधानाध्यापक गीता खड्काले रु दुई लाख ५० हजारको अक्षयकोष स्थापना गर्नुभएको […]

वडाध्यक्षको व्यक्तिगत खर्चमा इन्टरनेट सेवा

सल्लेरी (सोलुखुम्बु), १५ माघ : सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–७ का वडाध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले व्यक्तिगत लगानीमा इन्टरनेट सेवा निशुल्क उपलब्ध गराउनुभएको छ । उहाँले आइतबारदेखि वडाको गार्मा जोरबौद्ध क्षेत्रमा वाइफाइ सेवा उपलब्ध गराउनुभएको हो । इन्टरनेटको बढ्दो महत्वलाई मध्यनजर गर्दै जोरबौद्धस्थित मुख्य सडक चोक क्षेत्रलाई फ्रि–वाइफाइ जोन घोषणा गरिएको वडासदस्य भलाकाजी कार्कीले जानकारी दिनुभयो । उहाँले […]

आजको मौसम : हिमपातको सम्भावना

काठमाडौँ, १५ माघ : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । आज बिहान पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको छ । देशका तराईका अधिकांश भागमा हुस्सु लागेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा […]

सडक कालोपत्र गर्न ढिलाइ

गलकोट (बागलुङ), १५ माघ : शनिबार राति बागलुङ बजारदेखि गलकोट नगरपालिकातर्फ जाँदै गरेको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे सवार गाडी काठेखोला गाउँपालिका–६ का स्थानीयले रोके । सुरक्षाकर्मीसहितको सवारीसाधन रोकेपछि मुख्यमन्त्री पाण्डे गाडीबाट झरेर स्थानीयको कुरा सुन्न थाल्नुभयो । ठेक्का सम्झौता भएको सात वर्षसम्म पनि मध्यपहाडी पुष्पलाल लोकमार्गको बिहुँखण्ड कालोपत्र नभएको भन्दै स्थानीयले मुख्यमन्त्री पाण्डेसँग […]

प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिम र आर्मी तथा गण्डकी र पुलिस भिड्ने

काठमाडौँ, १५ माघ : प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज दुई खेल हुने भएका छन् । सुदूरपश्चिम प्रदेश र त्रिभुवन आर्मी क्लबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने छ । अर्को खेल काठकाडौँको मुलपानी क्रिकेट मैदानमा गण्डकी प्रदेश र नेपाल पुलिस क्लबबीच हुने छ । दश टोली सम्मिलित प्रधानमन्त्री कप क्रिकेटमा सुदूरपश्चिम प्रदेश अङ्क […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ