चितवन, भदौ १४ गते : तराईबाट आउने इँटासँग प्रतिस्पर्धा गर्न नसकेपछि चितवनका सबै इँटा उद्योग बन्द भएका छन् । सात वटा उद्योग सञ्चालनमा रहेकोमा उत्पादित इँटा बजारमा बिक्री गर्न कठिन भएपछि उद्योग नै बन्द भएको हो । एक वर्षदेखि चितवनमा कुनै पनि इँटा उद्योग सञ्चालनमा रहेका छैनन् । यहाँका उद्योगले उत्पादन गरेको इँटा समेत बिक्री […]
देउखुरी, भदौ १३ गते : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशका हरेक कामलाई तथ्याङ्कको आधारमा मूल्याङ्कन गरिने बताउनुभएको छ । प्रदेश सरकार र मातहतका कार्यालयले सम्पादन गरेका कामलाई तथ्याङ्कको आधारमा वस्तुगत मूल्याङ्कन गरेर अघि बढ्नुपर्ने, तथ्याङ्कलाई मूल्याङ्कनको आधार बनाउँदा वास्तविकता पत्ता लगाउन सकिने उहाँको भनाइ छ । प्रदेश योजना आयोगको आयोजनामा बुधबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा भएको लुम्बिनी […]
बनेपा, भदौ १३ गते : धुलिखेल अस्पतालले नेपालमै पहिलो पटक ‘जेनोप्लान’ परीक्षण सेवा सुरु गरेको छ । अस्पतालले मानिसलाई १० वर्षभित्र के कस्ता रोग लाग्ने सम्भावना रहेको छ भनी रोगको पहिचान, त्यस्ता रोग लाग्न नदिन अपनाउनुपर्ने सावधानीका उपाय पहिचानका लागि जेनोप्लान परीक्षण सेवा सुरु गरेको हो । मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा अस्पतालकी गाइनोकोलोजिस्ट प्राडा. आभा श्रेष्ठले सिङ्गापुर, जापान, […]
काठमाडौँ, भदौ १३ गते : आज नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक बस्दै छ । बैठक दिउँसो १ बजे काठमाडौँमा बस्ने र निर्वाचित पदाधिकारी, पोलिटब्युरो सदस्यहरूको शपथग्रहण हुने पार्टी सचिवालयले जनाएको छ । बैठकमा समसामयिक राजनीतिक विषयमा पार्टीका शीर्ष नेताहरूले सम्बोधन गर्नुहुनेछ ।
ओखलढुङ्गा, भदौ १३ गते : ओखलढुङ्गामा बलात्कार आरोपमा प्रहरीले दुई जना किशोरलाई पक्राउ गरेको छ । दुई जना बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले दुई जना किशोरलाई पक्राउ गरेको हो । एक १२ वर्षीया र अर्की १४ वर्षीया बालिकालाई जबरजस्ती गरेको आरोपमा १८ वर्ष उमेरका दुई जना किशोरलाई पक्राउ गरिएको प्रहरी निरीक्षक विजय कार्कीले बताउनुभयो […]
काठमाडौँ, भदौ १३ गते : काठमाडौँको चाबहिल र स्वयम्भूबाटबाट मोटरसाइकल चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । नुवाकोट घर भई काठमाडौँको चाबहिल बस्ने २८ वर्षीय सन्तोष फुयाँल, मकवानपुर घर भई हाल स्वयम्भू बस्ने ३० वर्षीय सूर्य बहादुर स्याङ्तानलाई चाबहिलबाट र पर्सा घर भई हाल भक्तपुरको सल्लाघारी बस्ने ३५ वर्षीय अजय शर्मालाई स्वयम्भूबाट प्रहरीले पक्राउ […]
बाजुरा, भदौ १२ गते । बाजुराका अधिकांश किसानले पछिल्लो समय फलफूल खेतीलाई व्यावसायिक रुपमा लिन थालेका छन् । यहाँ उत्पादन हुने स्याउ, सुन्तला, किवी, आँप, ओखर, कागतीलगायतका फलफूल खेतीले आयआर्जनमा थप टेवा पुग्ने सम्भाना देखिको भन्दै उनीहरुले पछिल्लो समय फलफूल खेतीलाई व्यवसायकै रुपमा लिन थालेका हुन् । स्याउ खेतीका लागि यहाँको माटो र हावापानी राम्रो […]
काठमाडौँ, भदौ १२ गते । कुनैबेला हप्ता नबिराइ ‘लोडसेडिङ’को तालिका परिवर्तन हुन्थ्यो । उस्तै परे सातामा नै दुई पटक तालिका बदलिन्थे । कहिले बिजुली आउला भन्दै बस्नुपर्ने बाध्यता आममानिसमा थियो । अँध्यारोसँगै जनजीवन चलाउनुपर्दा मुलुकको अर्थतन्त्र पनि त्यस्तै सुस्त थियो । औद्योगिक वातावरण थिएन । मानिसमा आशा थिएन, केबल निराशा थियो । लोडसेडिङको तालिका मात्रै […]
काठमाडौँ, भदौ १२ गते । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को निर्वाचनको पदाधिकारीको मतपरिणाम सार्वजनिक भएको छ । मङ्ललबार राती आएको मत परिणाम अनुसार महिला उपाध्यक्षमा जयन्ती राई विजयी हुनुभएको छ । उहाँले १८९ मत ल्याएर विजयी हुनुभयो । उहाँले राजकुमारी झाक्रीलाई पराजित गर्नुभएको हो । झाक्रीले ११२ मत ल्याउनुभयो । त्यस्तै, मधेश समुदायको उपाध्यक्षमा धर्मनाथप्रसाद […]
रामेछाप, भदौ १२ गते । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ टोरकपुरस्थित लेक खर्क पहिरोमा परी बेपत्ता भएकामध्ये एक महिलाको बायाँ खुट्टाको पैतालाको भाग भेटिएको छ । गत शनिबार राती लेक खर्क पहिरोमा बेपत्ता रहेका तीन जनामध्ये एक महिलाको बायाँ खुट्टाको गोली गाँठा मुनिको पैताला जिल्लाको सुनापति गाउँपालिका–४ खानि खोलो किनारमा मङ्गलबार भेटिएको जिल्ला प्रहरी कार्यालय रामेछापले […]