विधि प्रक्रिया पूरा गरेर विकास योजनालाई प्राथमिकता दिइने छ : उपप्रधानमन्त्री

नारायणगढ, मङ्सिर २९ गते :  उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले विधि प्रक्रिया पूरा गरेर मात्रै विकास योजनालाई प्राथमिकता दिने बताउनुभएको छ । भरतपुर विमान स्थलमा शनिबार सञ्चारकर्मीहरुसँग कुरा गर्नुहुँदै उपप्रधानमन्त्री सिंहले विकास निर्माणकै काम देखिने काम भएकाले यसमा लाग्नुपर्ने बताउनुभयो । “विकास निर्माणको काम एक हप्ता एक महिनामा देखिने काम होइन । यो […]

एनपिएलः काठमाडौं गुर्खाज छ विकेटले विजयी

काठमाडौं, मङ्सिर २९ गते : नेपाल प्रिमियर लिग (एनपिएल)को शनिबार भएको पहिलो खेलमा काठमाडौं गुर्खाजले पोखरा एभेञ्जर्सलाई छ विकेटले पराजित गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पोखराले दिएको एक सय ३९ रनको लक्ष्य काठमाडौंले १४ दशमलव एक ओभरमा चार विकेटको क्षतिमा पूरा गर्‍यो । यो जितसँगै काठमाडौं गुर्खाज प्लेअफ नजिक पुगेको छ । काठमाडौंको […]

अर्थतन्त्र चलायमान बनाउन सबैले जिम्मेवारी वहन गरौँः अध्यक्ष ढकाल

काठमाडौं, मङ्सिर २९ गते : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्र चलायमान बनाउन सबैले जिम्मेवारी वहन गर्न जरुरी रहेको बताउनुभएको छ । शनिबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघको १५ औं साधारण सभामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले नीति ल्याएर मात्रै अर्थतन्त्र चलायमान नबन्ने भन्दै सबै पक्ष जिम्मेवार हिसावबाट अघि बढ्न सक्नुपर्ने […]

जसपा नेपालका तीन वटा नगर समिति पुनर्गठन

काठमाडौँ, मङ्सिर  २८  गते : जनता समाजवादी पार्टी, (जसपा) नेपालका तीन वटा नगरसमिति पुनर्गठन गरिएका छन् । ललितपुर महानगरपालिका, महोत्तरीको बर्दिबास नगरपालिका र नुवाकोटको बेलकोटगढी नगरपालिकाका नगरसमिति पुनर्गठन गरिएको सो पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले  जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सुरेश डङ्गोलको अध्यक्षतामा १५ सदस्यीय ललितपुर महानगर समिति, गोविन्द यादवको अध्यक्षतामा […]

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ,  मङ्सिर २८ गते : नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला रू. एक हजार दुई सय र चाँदी प्रतितोला रू. ६५ घटेको हो । बिहीबार सुन प्रतितोला रू. एक लाख ५४ हजार दुई सयमा कारोबार भएकामा आज प्रतितोला रू. एक लाख ५३ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको […]

नेपाल र चीनबिचका सम्बन्धमा बौद्धधर्म चम्किलो धागो बनेर रहेको छ : प्रधानमन्त्री

काठमाडौं,  मङ्सिर २८ गते :  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचका सम्बन्धमा बौद्धधर्म एक चम्किलो धागोका रूपमा रहेको बताउनुभएको छ । नवौँ नानहाई बौद्ध सम्मेलनको काठमाडौँ फोरमलाई आज सम्बोधन गर्दै उहाँले उक्त धागोले हाम्रा दुई राष्ट्रहरूको आध्यात्मिक र सांस्कृतिक कपडालाई एकसाथ बुन्ने तथा सद्भाव र समझदारीको दिगो बन्धनलाई बढावा दिनेछ भन्नुभयो । “नेपाल चीन […]

मुग्लिन–पोखरा सडक पाँच दिन अवरुद्ध हुने

दमौली (तनहुँ),  मङ्सिर २८ गते :  मुग्लिन–पोखरा सडकअन्तर्गत शुक्लागण्डकी नगरपालिका–२ कोत्रे खण्डमा पाँच दिन सडक अवरुद्ध हुने भएको छ । जामुने बजारदेखि कास्कीको सेतीपुलसम्मको सडक स्तरोन्नति थालिएकाले आजदेखि पुस २ गतेसम्म बिहान ८ः०० देखि सॉझ ६ः०० बजेसम्म सवारी आवागमन बन्द हुने तनहुँ जिल्ला प्रहरी कार्यालयले जनाएको छ । साथै उक्त कार्यालयले वैकल्पिक बाटो प्रयोग गर्न […]

जापान पठाइदिन्छु भनी ठगी गर्ने एक जना पक्राउ

काठमाडौं, मङ्सिर २७ गते : वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा ठोरी गाउँपालिका–४ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका–५ बस्ने ४५ वर्षीय विष्णु लोप्चन छन् । विष्णुले जापान पठाइदिन्छु भन्दै एक जना पीडितबाट १० लाख रूपियाँ लिई सम्पर्कविहीन भएको भन्ने […]

बाँकेमा १२ सयभन्दा बढीको कानकाे निःशुल्क उपचार

नेपालगन्ज, मङ्सिर २७ गते : बाँकेको दुर्गम मानिने राप्तीसोनारी गाउँपालिकामा धेरै जनाको कान पाकेको जानकारी प्राप्त भएपछि नेपालगन्जस्थित ब्रिनोज कान स्वास्थ्य सामुदायिक केन्द्रले त्यहाँ निःशुल्क कान उपचार शिविर आयोजना गरेर १२ सयभन्दा बढीको जाँच गरेको छ । ब्रिनोज कान स्वास्थ्य सामुदायिक केन्द्र नेपालगन्जको आयोजना तथा राप्तीसोनारी गाउँपालिकाको समन्वय एवम् आर्थिक सहयोगमा निःशुल्क प्राथमिक कान उपचार शिविर […]

स्वदेश फिर्ताको माग गर्दै भुटानी शरणार्थी

दमक, मङ्सिर २७ गते : देशभर मानवअधिकार दिवस मनाइरहँदा पूर्वी नेपालमा रहेका भुटानी शरणार्थीहरुले आफूहरुको मानवअधिकारको विषयमा गम्भीर बन्न अन्तर्राष्ट्रिय सुमदायसँग गुहार मागिरहेका छन् । ३३ वर्षदेखि झापा र मोरङमा रहेका दुई वटा शरणार्थी शिविरका शरणार्थीहरु स्वदेश फिर्तीको प्रतीक्षामा छन् । मानव अधिकारको सदस्य रहेको नेपाल, भुटान र भारतले चाहेमा स्वदेश फर्कन चाहने शरणार्थीहरुलाई स्वदेश फिर्ता […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ