दश क्विन्टल चिनी बरामद

काभ्रेपलाञ्चोक, १७ कात्तिक : काभ्रेपलाञ्चोकको धुलिखेलसित जोडिएको विपी राजमार्गबाट पूर्वी तराईका विभिन्न स्थानबाट चिनी तस्करी हुने गरेको पाइएको छ । नेपाल प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोलीले विपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ स्थित काभ्रेभञ्ज्याङबाट बिहीबार सवारीसाधन जाँचका क्रममा ३३ बोरामा लुकाइछिपाई ल्याएको १० क्विन्टल चिनी बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी […]

अर्थतन्त्रको सङ्कट समाधान गर्न सर्वपक्षीय सम्मेलन जरुरी छ : उपाध्यक्ष पौडेल

नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले संविधानको प्रभावकारी कार्यान्वयनका लागि सदन प्रभावकारी हुनपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उहाँले प्रतिपक्षले उठाएको आवाज सदनमार्फत सरकारले सुन्नुपर्नेमा जोड दिनुभयो । “चालु अधिवेशनमा कहीँ नभएको अभ्यास भएको छ । प्रधानमन्त्री विदेश गए पनि कार्यबाहक प्रधानमन्त्री हुन्छ । तर यहाँ प्रधानमन्त्री विदेश गएको बेलामा सदन बन्द […]

नेप्से परिसूचकको ओरालो यात्रा जारी

काठमाडौँ, १६ कात्तिक : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १० दशमलब ८६ अङ्कले ओरालो लागेर एक हजार आठ सय ४७ दशमलब ७० मा सीमित भएको छ । ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक दुई दशमलब १९ अङ्कले ओरालो लागेर तीन सय […]

शान्तिप्रक्रियाको बाँकी काममा अन्तर्राष्ट्रिय सहयोग प्राप्त हुन्छ : उपमहासचिव पुन

काठमाडौँ, १६ कात्तिक : नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले शान्तिप्रक्रियाको बाँकी कामका लागि अन्तर्राष्ट्रिय सहयोग प्राप्त हुनेमा विश्वास व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उहाँले सङ्क्रमणकालीन विधेयक संसदको कानुन तथा मानव अधिकार समितिमा छलफलमा रहेको जानकारी दिँदै विधेयक राष्ट्रिय सहमतिबाट पारित हुने बताउनुभयो । आफूले नेतृत्व गर्दा राम्रो तर अरुले नेतृत्व […]

प्रदेश नाकामा पशु क्वारेन्टाइनको माग

गण्डकी, १६ कात्तिक : पशुको स्वस्थता परीक्षण तथा नियमनका लागि प्रदेश नाकामा पनि क्वारेन्टाइनसहितको चेकपोष्ट स्थापना गर्नुपर्ने माग गरिएको छ । गण्डकी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले पशुमा देखिने महामारीजन्य रोगको प्रकोप नियन्त्रणका लागि प्रदेश नाकामा क्वारेन्टाइन सेवा सञ्चालन गर्न माग गरेको हो । प्रदेश सरकारले राष्ट्रिय विकास समस्या समाधान समितिमासमेत सो विषयलाई प्राथमिकताका […]

नगर अस्पतालमा आँखा उपचार केन्द्र

नवलपुर, १६ कात्तिक : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–११ भेडाबारीस्थित गैँडाकोट नगर अस्पतालमा आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ । नगर अस्पतालमा सञ्चालनमा आएको आँखा उपचार केन्द्र नेपाल नेत्रज्योति सङ्घ, हीरालाल सन्तुदेवी प्रधान नेत्र विज्ञान अध्ययन संस्थान (भरतपुर आँखा अस्पताल) चितवन र गैँडाकोट नगरपालिकाद्वारा सञ्चालन गरिएको हो । भरतपुर आँखा अस्पतालका अध्यक्ष जयराम श्रेष्ठले आँखा अस्पतालले भरतपुरमा […]

तिहारका लागि विद्यालयमा फूल उत्पादन

धुलिखेल, १६ कात्तिक : काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ मेथिनकोटस्थित जनक माध्यमिक विद्यालयका विद्यार्थी तिहारका लागि फूल उत्पादनमा जुटेका छन् । उनीहरुले विद्यालय परिसरमा रहेको खाली जग्गामा फूल खेती गरेका छन् । ‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत फूल खेती गरिएको हो । विद्यालय संयोजक एवं जनक बहुमुखी क्याम्पसका प्रमुख हरिहर अधिकारीका अनुसार रु ३० हजार लगानीमा एक हजार पाँच […]

राप्तीमा सरकारी जग्गामा निर्माण गरिएका घरटहरा हटाइँदै

चितवन, १६ कात्तिक : चितवनको राप्ती नगरपालिका–५ भण्डारा बजारमा सरकारी जग्गामा निर्माण गरिएका घरटहरा हटाइने भएका छन् । सिँचाइ विभाग र हुलाकको नाममा रहेको उक्त जग्गामा २०५० सालदेखि घरटहरा निर्माण गरिएका थिए । राप्ती नगरपालिकाका प्रमुख शमशेर लामाका अनुसार त्यहाँ बसोबास गर्दैआएकालाई घरटहरा हटाउन तीन महिनाको समय दिइएको थियो । सो म्याद आज सकिँदैछ । […]

आजको मौसम : हिमाली भू–भागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, १५ कात्तिक : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशभर आंशिक बदली रही देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् सरोज पुडासैनीले जानकारी दिनुभयो । […]

देवचुली डाँडामा पर्यटन सप्ताह

मध्यविन्दु (नवलपरासी), १५ कात्तिक : नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली डाँडामा पर्यटन प्रवर्द्धनका लागि आजदेखि पर्यटन सप्ताह–२०८० हुने भएको छ । पर्यटकीय र धार्मिक केन्द्र देवचुली डाँडाको प्रचार–प्रसार र प्रवर्द्धन गर्ने उद्देश्यका साथ आजदेखि कात्तिक २१ गतेसम्म आधार शिविर कीर्तिपुरमा पर्यटन सप्ताह आयोजना गर्न लागिएको हो । जिल्लाकै प्रमुख पर्यटकीय क्षेत्रको प्रचार–प्रसार गर्ने उद्देश्यले देवचुली डाँडा […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल