alliance khabar

शनिबार, चैत्र ०२, २०८१

धनगढी, चैत २ गते ।

कैलालीमा साथीहरूसँग नदीमा नुहाउने क्रममा डुबेर दुई जनाको ज्यान गएको छ ।

मोहना नदीमा नुहाउने क्रममा दुई किशोरको ज्यान गएको हो । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–१९ का १६ वर्षीय आश्रित ओझा र सोही ठाउँका १५ वर्षीय दिनेश ओझा रहेका छन् । आश्रित कक्षा १० र दिनेश कक्षा ९ मा अध्ययनरत विद्यार्थी थिए ।

यसै गरी, डुबेका दुई जनाको सकुशल उद्धार गरिएको छ । १५ वर्षीय आदर्श पुजारा र १६ वर्षीय करनसिंह धामीको उद्धार गरिएको हो । घाइते दुवैको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

सो कार्यालयका अनुसार चारै जना शुक्रवार नदीमा नुहाउन गएका थिए । नुहाउने क्रममा उनीहरू डुबेका थिए । मृतकको शव घटनास्थलभन्दा ३० मिटर पर नदीमा फेला परेको थियो । जिल्ला प्रहरी कार्यलालबाट खटेको प्रहरी टोली, फूलबारीमा रहेको सशस्त्र प्रहरीको टोली र धनगढी उपमहानगरपालिकाको नगर प्रहरीले डुबेका किशोरहरूको संयुक्त रूपमा खोजतलास गरेर पानीबाट शव निकालेका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल