alliance khabar

शुक्रबार, जेठ ०९, २०८२

बिजुवार, जेठ ९ गते। 

प्यूठानको एक दुर्गम बस्तीलाई सडक सञ्जालमा जोड्ने १२ वर्षदेखिको सपना साकार भएको छ। नौबहिनी गाउँपालिका–७ को मैरामारेदेखि प्यूठान नगरपालिका–५ को जुम्रीकाँडासम्मको सडकखण्डमा ट्रयाक खुलेपछि स्थानीय हर्षित भएका छन्।

नागनगेनीभीरको अप्ठ्यारो पहरा छिचोल्न नसक्दा सडक निर्माण रोकिएको थियो। ब्रेकर प्रयोग गरी एक महिनाको मिहिनेतपछि उक्त पहरा फोरेर सडक खोल्न सफल भएको हो।

२०७८ सालमा सुरु गरिएको योजनामा स्थानीयले पाँच हजारदेखि २५ हजार रुपियाँसम्म चन्दा उठाएका थिए। गाउँपालिकाको निरन्तर प्रयासमा झन्डै एक करोड ५० लाख रुपियाँ खर्च भइसकेको छ। चालू आर्थिक वर्षमा मात्रै १९ लाख रुपियाँ विनियोजन गरेर ठेक्कामार्फत निर्माण कार्य सम्पन्न गरिएको हो।

स्थानीयवासीले वर्षौंको सपना पूरा भएको भन्दै सडकले आवतजावत सहज बनाउने विश्वास व्यक्त गरेका छन्। रोल्पाको सिर्प र जुतुङखोलाका बासिन्दाले समेत सडकबाट लाभ लिने छन्।

पालिका अध्यक्ष दिलबहादुर थापाले ट्रयाक खुलेको सडकमा अब नियमित सवारी सञ्चालनका लागि पहल थालिने जानकारी दिनुभयो। “पूर्वाधार विकासले दुर्गम गाउँमा खुसी र आशाको किरण ल्याएको छ,” उहाँले भन्नुभयो।

सडक खुलेको खुसीमा स्थानीयवासीले नाचगानसहित उत्सव मनाए। साथै, निर्माणमा योगदान पुर्‍याउने झिमरुक–७ तुषाराका मेसिन अपरेटर सुदर्शन जी.सी. र गौमुखी गाउँपालिका–४ पुँजाका विक्रम के.सी.लाई चार हजार ८१० रुपियाँ नगद, नगद माला र फूलमालासहित सम्मान गरिएको छ।

यसैबीच, संघीय समपूरक बजेटअन्तर्गत ४२ करोड रुपियाँ लागतमा स्याउलीबाङ सडक स्तरोन्नतिको काम अगाडि बढिरहेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल