बिपी राजमार्ग अवरुद्ध, एक महिला बेपत्ता

काभ्रेपलाञ्चोक,  वैशाख  ३० गते । अविरल वर्षाका कारण बिपी राजमार्गको माप्तीस्थित रोशी खोलाको बाढीले सोमबार राति डाइभर्सन बगाउँदा आठ घण्टादेखि राजमार्ग अवरुद्ध भएको छ । गएरातिदेखि अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार उक्त बाढीले रोशी गाउँपालिका–१२ स्थित राजमार्गको मङ्गलटारतर्फको सडक राति […]

पर्यटकका रोजाइमा भोजपुरको डाग्बुङ पदमार्ग

भोजपुर, वैशाख ३० गते । रामप्रसादराई गाउँपालिकामा निर्माण भएको डाग्बुङ [गुराँस] पदमार्ग पर्यटकको रोजाइमा परेको छ । प्राकृतिक रूपमा मनोरम क्षेत्रलाई समेटेर डाग्बुङ पदमार्ग निर्माण गरिपछि यो क्षेत्र पर्यटकको रोजाइमा परेको हो । लालीगुराँससँगैै फाटिला पहाडका चौरहरूले पर्यटकको मन लोभ्याउने गरेको छ । स्थानीय परिकारको स्वाद लिँदै, प्राकृतिक दृश्यको अवलोकन गर्न पर्यटक आउने गरेको स्थानीयवासी […]

शुक्लाफाँटामा खरमजुर गणना

धनगढी, वैशाख ३० गते ।  सुदूरपश्चिम प्रदेशको प्रसिद्ध शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा अति सङ्कटापन्न खरमजुरको गणना गरिएको छ । निकुञ्ज कार्यालयको समन्वयमा नेपाल पन्छी संरक्षण सङ्घ (बिसिएन) र कञ्चनपुर पन्छी संरक्षण समूहले एक सातासम्म खरमजुर गणना गरेको हो । लोपको सँघारमा पुगेको यो प्रजातिका चराको सङ्ख्या, अवस्था पत्ता लगाउन हरेक वर्ष यसै बेला खरमजुर गणना गर्ने गरिन्छ । निकुञ्ज […]

रारा गोल्ड कपको सुरु विजयी टिमले सात लाख पाउने

हिले, वैशाख ३० गते ।  १२ औँ संस्करणको रारा गोल्ड कप फुटबल प्रतियोगिता धनकुटाको राजारानीमा सुरु भएको छ । रारा फुटबल क्लब आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा सुनसरीको गोल्डेन स्टार फुटबल क्लबले विजयी सुरुवात गरेको छ । गोल्डेन स्टारले आयोजक रारा फुटबल क्लबलाई ४–० गोलले पराजित गरेको हो । सोमबार सम्पन्न खेलमा गोल्डेल स्टारले […]

आजको संसद् बैठकः विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल हुने

काठमाडौँ,  वैशाख ३० गते । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल हुने सम्भावित कार्यसूची तय भएको छ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्नेछ । यस्तै, राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ मा बस्नेछ । सङ्घीय संसद् सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेयका अनुसार दुवै सदनको बैठकमा ‘आगामी […]

इ-रिक्सा चलाएर आत्मनिर्भर बन्दै महिला

कञ्चनपुर, वैशाख २९ गते । शुक्लाफाँटा नगरपालिका-१० बञ्जरीयाकी ३२ वर्षीया धनमती महराले विद्युतीय इ-रिक्सा चलाएर परिवारको खर्च धान्दै आउनुभएको छ । इ-रिक्सा चलाएर उहाँले मासिक ३५ हजार बढी आम्दानी गर्नुहुन्छ । घरको आर्थिक अवस्था कमजोर हुँदा गाउँकै समूहबाट दुई लाख ऋण लिएर इ-रिक्सा खरिद गरी चलाउन थाल्नुभएको हो । समूहबाट लिएको ऋण महराले पाँच महिनामै […]

शान्तिवार्तातर्फ आशाको सङ्केत : हमासले अमेरिकी बन्धकलाई रिहा गर्ने

गाजा सिटी, वैशाख २९ गते । हमासको सशस्त्र शाखाले गाजामा सन् २०२३ को अक्टोबरदेखि बन्धक बनाइएका अमेरिकी-इजरायली नागरिक एडन अलेक्ज्याण्डरलाई सोमबार रिहा गर्ने निर्णय गरेको जनाएको छ । सोही क्रममा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामा जारी सैन्य कारबाहीलाई अझ सघन बनाउने योजना रहेको स्पष्ट गर्नुभएको छ । हमासले आइतवार जानकारी दिँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको […]

चार्जिङमा राखेको स्कुटर जलेर नष्ट

धनगढी, बैशाख २९ गते । कैलालीमा चार्जिङमा राखेको विद्युतीय स्कुटरमा आगलागी भएको छ । धनगढीको शुक्ला पुस्तकका सञ्चालक दीपक शुक्लाको विद्युतीय स्कुटरमा आज आगलागी भएको हो । आगलागीबाट स्कुटर जलेर नष्ट भएको छ । पसल अगाडि चार्जिङमा राखेको सुपप्र ०१–००१ प ४९३६ नम्बरको स्कुटर आगो लागेर जलेको शुक्लाले जानकरी दिनुभयो । आगो लागेको केही मिनेटमै […]

फेसबुक, एक्सले टेरेनन् सरकारलाई, चार वटा मात्रै सूचीकृत

काठमाडौँ, वैशाख २९ गते । सरकारले नियमन गर्न भन्दै पटक पटक सामाजिक सञ्जालहरूलाई सूचीकरण हुन पटक पटक पत्राचार गरे पनि उनीहरूले अटेर गरेका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार अहिलेसम्म चार वटा मात्रै सामाजिक सञ्जाल सूचीकृत भएका छन् । नेपालमा ४० वटाभन्दा बढी सामाजिक सञ्जाल सञ्चालित छन् । सूचीकृत हुनेमा भाइबर, विइटक, टिकटक, […]

हिल्टन होटल खरिद विक्रीको समाचार भ्रामक

काठमाडौँ, वैशाख २९ गते । काठमाडौँको नक्सालस्थित हिल्टन होटल खरिद विक्री भएको भन्ने विभिन्न सञ्चार माध्यममा आएका समाचारको शंकर ग्रुपले खण्डन गरेको छ। हिल्टन होटलले आफ्ना पुराना संस्थापक परिवर्तन नभएको आइतबार विज्ञप्ती जारी गर्दै उल्लेख गरेको  हो । ‘‘होटल खरिद विक्री भएको भन्ने भ्रामक र आधारहिन समाचार प्रकाशन गरेर राजनीतिक ब्यक्ति र ब्यापारिक घरानाको नाम […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल