alliance khabar

आइतबार, साउन ०४, २०८२

फिदिम,साउन ४ गते ।

बाढी र पहिरोका कारण तमोर करिडोर,मेची राजमार्ग र मध्यपहाडी राजमार्ग सहित मुख्य सडक अवरुद्ध भएका छन । लगातारको अविरल वर्षासँगै आएको बाढीका कारण मेची राजमार्गको पाँचथरस्थित हेँवा खोला,मध्यपहाडी राजमार्गको रिजालभिर र दोभानेखोला,तमोर करिडोरको नावा खोला खण्डबाट बिहानैदेखि सवारी साधन र ढुवानी सेवा वारपार हुन सकेका छैनन भने राँके रवि भेडेटार र फिदिम फालौट जस्ता मुख्य सडकमा आवागमन बन्द भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

प्रहरी नायव उपरीक्षक कौशलकुमार बुढाथोकीका अनुसार शनिबार साँझदेखि भइरहेको अविरल वर्षाका कारण मेची राजमार्गको हेंवा खोलामा आएको बाढीले डाइभर्सनको तह पार गर्दा राजमार्ग मध्यरातदेखि अवरुद्ध भएको हो ।

यस्तै तमोर करिडोरमा पर्ने पाँचथर र धनकुटाको सीमावर्ती नावा खोलामा आएको बाढीका कारण यो सडक अवरुद्ध भएको हो । राँके रवि छ नम्बर बुधबारे हुँदै धनुटाको भेडेटार जोड्ने सडक पनि बन्द भएको बताइएको छ ।मध्यपहाडी राजमार्गको पाँचथर खण्ड अन्तर्गत रिजाल भिरमा पहिरो जाँदा यो सडक अवरुद्ध भएको हो ।

सोही राजमार्गको दोभाने खोलाको डाइभर्सनमा पनि बाढीले क्षति पुर्‍याएको छ  फिदिम फालौट खण्डमा पर्ने फेमे खोला र मुवा खोलाका डाइभर्सन पनि बाढीले पुरेको छ ।जस कारण यी दुवै खोलाबाट सवारी वारपार गर्न सकिरहेका छैनन ।जिल्ला प्रशासन कार्यालय पाँचथरले सचेत रहन सर्वसाधारणलाई सूचना मार्फत आह्वान गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल