काठमाडौँ, असोज १७ गते। जिल्ला प्रशासन कार्यालय काठमाडौँले आजदेखि भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागबाट जानकारी प्राप्त भएकाले अबको केही दिन रातको समयमा काठमाडौँ भित्रिन र यहाँबाट बाहिर यात्रा नगर्न अनुरोध गरेको छ। काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान तथा प्रेषित सूचना बमोजिम यही असोज […]
काठमाडौँ, असोज १७ गते। सरोकारवालाले सम्भावित विपद् व्यवस्थापनको आवश्यक तयारी थाल्न जोड दिएका छन्। आज ‘भर्चुअल’ माध्यमबाट गरिएको विपद् संवादमा उनीहरूले सम्भावित विपद् व्यवस्थापनका लागि पूर्वतयारीमा जुट्न सम्बन्धित सरोकारवाला तयार रहनुपर्नेमा जोड दिएका हुन्। यही असोज २० गतेसम्म कोशीदेखि लुम्बिनी प्रदेशसम्म मध्यमदेखि अति भारी वर्षाको पूर्वानुमान भएको र त्यसबाट उत्पन्न हुनसक्ने विपद् जोखिम न्यूनीकरण तथा […]
काठमाडौँ, असोज १७ गते । प्रधानमन्त्री सुशीला कार्कीको स्वकीय सचिवालयले असोज १७ गतेदेखि २० गतेसम्म पाँच प्रदेशमा भारी वर्षा र बाढीको जोखिम उच्च हुने भन्दै सबैमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ। जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रमा मनसुनी गतिविधि सक्रिय भई कतिपय स्थानमा भारी […]
काठमाडौँ, असोज १६ गते । दसैँमा प्रयोग हुने जमरा धार्मिक रुपमा जति महत्व छ स्वास्थ्यका हिसाबले पनि उत्तिकै फाइदाजनक मानिन्छ । पछिल्लो सयम ‘सुपर फुड’का रुपमा जमराको जुस बनाएर पिउने प्रचलन बढ्दो छ । शुद्ध माटोमा धान, गहुँ, मकै, जौबाट उमारिएको जमरा धार्मिक रुपमा जति महत्व छ स्वास्थ्यका हिसाबले पनि उत्तिकै फाइदाजनक मानिने आयुर्वेद चिकित्सक बताउँछन् […]
नेपालगन्ज, असोज १६ गते । धार्मिक र सामाजिक सद्भावको शहरको रुपमा परिचित नेपालगन्जमा यस वर्षको बडा दसैं पनि आपसी एकता र धार्मिक सहिष्णुताको प्रतीक बनेको छ। बिहीबारको शुभसाइतमा मुस्लिम समुदायका अगुवाहरूले हिन्दु समुदायका मान्यजनबाट टीका–जमरा ग्रहण गर्दै दसैं मनाउनु भएको छ । धार्मिक सद्भाव र सहअस्तित्वलाई निरन्तरता दिने परम्पराअनुसार मुस्लिम अगुवाहरूले हिन्दु चाडपर्वमा सामेल हुँदै […]
काभ्रेपलाञ्चोक, असोज १६ गते । बिपी राजमार्गमा आजदेखि रातिको समयमा सवारीसाधन आवतजावतमा रोक लगाइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षाको सम्भावना एवं बाढिपहिराको उच्च जोखम पूर्वानुमान गरेपछि सवारी साधान आवजावतमा रोक लगाइएको हो । जिल्ला विपद् ब्यवस्थापन समिति काभ्रेपलाञ्चोकको आजको बैठकले उक्त राजमार्गमा जोखिमलाई मध्यनजर गर्दै असोज २१ गते रातिसम्म […]
काठमाडौँ, असोज १६ गते । गृहमन्त्री ओमप्रकाश अर्यालले देशको परिस्थितिमा परिवर्तन आएको, देशको राष्ट्रिय सुरक्षा समेत संवेदनशील रहेको सन्दर्भमा विपद् व्यवस्थापनलाई प्रभावकारी बनाई नागरिकसँगको सम्बन्ध उच्च बनाउन निर्देशन दिनुभएको छ । असोज १७ गतेदेखि असोज २० गतेसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मध्यमदेखि अति भारी वर्षाको सम्भावना रहेको पूर्वानुमानका पृष्ठभूमिमा आज यहाँ आयोजित […]
काठमाडौँ, असोज १६ गते । प्रधानमन्त्री सुशीला कार्कीले विजया दशमीको अवसरमा जेनजी आन्दोलनका सहिद परिवारसँग भेटघाट गर्नुभएको छ । प्रधानमन्त्री कार्कीले बागलुङ घर भई काठमाडौँको वनस्थलीमा पुगेर सहिद सौरन किशोर श्रेष्ठको परिवारसँग भेटघाट गर्नुभएको हो। प्रधानमन्त्रीले नागार्जुन–३ पुगेर सहिद कान्छी नगरकोटीका परिवार र कीर्तिपुरस्थित मैत्रीनगर पुगेर सहिद बुद्धिबहादुर तामाङको परिवारसँग भेट गर्नुभएको छ । प्रधानमन्त्री […]
मनहरी (मकवानपुर), असोज १६ गते । संघीय राजधानी काठमाडौँ जोड्ने ऐतिहासिक त्रिभूवन राजपथ र छोटो दूरीको कान्तिलोकपथमा रात्रीकालीन सवारी आवागमनमा प्रशासनले रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले बिहीबार साँझ सूचना जारीगरी असोज १७ गतेदेखि २० गतेसम्मका लागि दुबै सडकमा रात्रीकालीन सवारी आवागमनमा रोक लगाएको जनाएको हो । प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जारी गर्नुभएको […]
हेटौँडा, असोज १५ गते। हेटौँडा-१ चौकी टोलको हरियाली धान खेतको फाँट। राप्ती नदी तटीय क्षेत्र नजिक रहेको चौकी टोलका अधिकांश खेतीयोग्य जमिन प्लटिङ भएर घर बनेका छन्। कङक्रिटको सहरको रूपमा विकसित हुँदै गएको चौकी टोल क्षेत्रका अधिकांश खेतीयोग्य जमिन मासिँदै गएको छ।