काठमाडौँ, कात्तिक ९ गते । गृह मन्त्रालयले आज विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सहसचिवहरुको सरुवा गरेको छ । मन्त्रालको आजको निर्णयानुसार सहसचिव र प्रजिअ गरी ३६ कर्मचारीको सरुवा तथा पदस्थापन गरिएको हो । मन्त्रालयले आज साँझ जारी गरेको सूचनामा कुल ३१ प्रमुख जिल्ला अधिकारी, एक प्रमुख अध्यागमन अधिकृत, दुई सहसचिव र दुई महानिर्देशकको सरुवा […]
गौशाला (महोत्तरी), कात्तिक ९ गते । मधेशमा अति विपन्न र अल्पसङ्ख्यक जातिको सूचीमा पर्छन् । गरिबी र विपन्नताका कारण ज्याला मजदुरी गरेर जीविका चलाउने यस समुदायका विपन्न परिवारका लागि सधैँ आम्दानीको अवसर जुट्दैन । दैनिक ज्याला मजदुरी गरेर जीविका चलाउने यस समुदायलाई प्रायः हातमुख जोर्नकै समस्या भोग्न बाध्य हुन्छन् । डोम समुदाय मात्र होइन, मधेशका […]
भोजपुर, कात्तिक ९ गते । जिल्लाका लेकाली भेगका किसान पछिल्ला वर्षहरूमा व्यावसायिक सतुवा ९जडीबुटी० खेतीतर्फ आकर्षित भएका छन् । मनग्य आम्दानी र औषधीय उपयोगका कारण यो खेती किसानको प्रमुख रोजाइ बन्दै गएको हो । टेम्केमैयुङ गाउँपालिका–१ तिम्मा, वडा नं ५ को माथिल्लो भेग, भोजपुर नगरपालिका–२ हेलौछा, षडानन्द नगरपालिका–९ किमालुङ र वडा नं १० साम्पाङ, आमचोक […]
जुम्ला, कात्तिक ९ गते । तिला गाउँपालिका– ९ माथिल्लो खोप्री गाउँमा रहेको नदैगुफा पर्यटकीय तथा धार्मिक दृष्टिले महत्त्वपूर्ण स्थान हो । पर्याप्त प्रचारप्रसार र पूर्वाधार अभावका कारण उक्त गुफा अहिले पर्यटकको पर्खाइमा छ । धार्मिक दुष्टिकोणले नदैगुफा ऐतिहासिक महत्व बोकेको पर्यटकीय गन्तव्य हो । प्रचारप्रसार र यातायातको अभावले यो क्षेत्र ओझेलमा परेको छ । अहिले […]
पोखरा, कात्तिक ९ गते । केही समयदेखि सुस्ताएको पोखराको पर्यटन क्षेत्रमा अहिले आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लागेको छ । दसैँतिहारको लामो बिदा, खुला हिमाल र अनुकूल मौसमले गर्दा पोखराका होटल, रेस्टुरेन्ट र अन्य पर्यटकीय गतिविधिमा उत्साहजनक चहलपहल देखिएको हो । यसले पर्यटन व्यवसायीलाई उत्साहित बनाएको छभने पर्यटन क्षेत्रमा सकारात्मक सन्देश प्रवाह भएको छ । […]
पश्चिम नवलपरासी, कात्तिक ९ गते । यतिबेला तराई–मधेश क्षेत्रमा आस्था र निष्ठाको महापर्व छठ पर्व र उत्साहले उत्सवमय बनेको छ । सूर्यदेव र छठी माताको उपासना गरिने यो पर्व अहिले तराईको भूगोल नाघेर राष्ट्रिय पर्वको रूपमा स्थापित हुँदै जाँदा तराई–मधेश समुदायमा हर्ष र उमङ्ग छाएको छ । तयारीको चटारो र बजारमा चहलपहल कात्तिक शुक्ल चतुर्थी […]
काठमाडौँ, कात्तिक ८ गते । सहरी विकासमन्त्री कुलमान घिसिङले सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिनुभएको छ । निर्माणाधीन भवनको आज अवलोकनपश्चात् उहाँले हरेक दिनको कार्यतालिका बनाएर निर्माणमा जुट्न ठेकेदार कम्पनीलाई निर्देशन दिनुभएको हो । मन्त्री घिसिङले भन्नुभयो,“पाँचौँ पटक म्याद थप गर्दा ठेकेदारका तर्फबाट आगामी पुस १६ गतेभित्र निर्माण सम्पन्न […]
काठमाडौँ, कात्तिक ८ गते। आइसीसी विश्वकप क्रिकेट लिग–२ शृङ्खलाका अन्तर्गत आइतबार नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । यूएई शृङ्खलाका लागि रोहित पौडेलको कप्तानीमा नेपाली टिम यूएई पुगेको छ। क्यानले सन्दीप जोरा, लोकेश बम र आदिल आलमलाई हङकङ सिक्सेस टिममा पठाएर विश्वकप लिग–२ खेल्ने टिममा भीम सार्की, शाहब आलम र अनिल साहलाई स्थान दिएको छ। लिग–२ अन्तर्गत […]
फुङलिङ, कात्तिक ८ गते । ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा यस वर्षकै धेरै दर्शनार्थीले पूजा आराधना गरेका छन् । कात्तिक महिनाको दोस्रो शनिबार एकै दिन ६ हजार ३९३ जना दर्शनार्थीले पूजा गरेका हुन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार आज बिहान ३ बजेदेखि सुरु भएको पूजाको लाइन साँझ साढे ४ बजे सम्ममा मात्र समाप्त […]
काठमाडौँ, कात्तिक ८ गते। गृह मन्त्रालयले कुनै पनि माग वार्ता र संवादमार्फत समाधान खोज्न सबैमा अनुरोध गरेको छ। मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले हाल सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्ति तथा समूहका नाममा धर्ना, जुलुस, विरोध प्रदर्शनलगायत आन्दोलनका कार्यक्रमहरू सार्वजनिक भएरहेको विषयमा गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै सबैका जायज माग, चासो एवम् सरोकारलाई सम्बोधन […]