alliance khabar

सोमबार, पुष ०७, २०८२

रौतहट, पुस ७ गते ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. डिला संग्रौलाले निर्वाचनको विकल्प नरहेको बताउनुभएको छ । मधेश भ्रमणको क्रममा आइतबार रौतहट आउनुभएको उहाँले देशलाई निकास दिन र जेनजी पुस्ताको माग सम्बोधनका लागि तोकिएको मितिमा प्रतिनिधि सभा निर्वाचन हुनुपर्ने बताउनुभएको छ ।

देशमा स्थायित्व शान्ति कायम र जनताको माग अनुसार सेवा प्रदान गर्न नेपाली कांग्रेस अग्रणी भूमिकामा उत्रिनु पर्ने उहाँको भनाइ रहेको छ । युवा पुस्ताको माग सम्बोधन तथा दीर्घकालीन  निकासका लागि हरेक क्षेत्रमा १८ देखि ४० वर्षका युवाको  प्रनिधित्व गराइनु पर्नेमा उहाँले जोड दिनु भयो । मधेशमा अहिले पनि महिलाको प्रतिनिधित्व कम रहेकाले महिलालाई अगाडि बढाउनु पर्नेमा उहाँले जोड दिनुभयो ।

जनताले दिएको सुझावलाई ग्रहण गर्नका लागि समुदायस्तरमा आफु मधेश यात्रामा रहेको   बताउनुभयो । जेनजीको चाहना, मागलाई  आत्मसात्  गरेर  कमिकमोजरीलाई आत्मालोचना गर्दै कांग्रेस अगाडि बढनुपर्ने उहाँको भनाइ छ ।

कांग्रेस स्पष्ट भिजनका साथ अघि बढनुपर्ने बताउनुहुँदै संग्रौलाले जनताका मुद्दामा कांग्रेसले नबोकेकै कारण कमजोर हुन् गएकोमा दुखेसो पोख्नुभयो । नेपाली कांग्रेसलाई सशक्त बनाउन १५औँ महाधिवेशन निर्धारित मितिमा हुनु पर्नेमा उहाँको जोड रहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल