alliance khabar

बुधबार, कार्तिक २६, २०८२

मकवानपुर, कात्तिक २६ गते।

मकवानपुर प्रहरीले जेनजीको प्रदर्शनीको क्रममा हेटौँडाको विभिन्न स्थानमा निजी तथा सार्वजनिक सम्पत्तिमा आगजनी, तोडफोडलगायतका घटनामा संलग्न पाँच जनालाई पक्राउ गरेको छ।

गत भदौ २४ गते भएको जेनजी आन्दोलनमा हेटौँडा उपमहानगरपालिका–११ स्थित नवलपुरका सुशील पौडेलको घरमा आगजनी तथा तोडफोडमा संलग्न पाँच जनालाई जिल्ला प्रहरी कार्यालय, मकवानपुरले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीका अनुसार पक्राउ पर्नेमा हेटौँडा ११ का वर्ष ३६ का सुजन अधिकारी र वर्ष ३५ का सुरेन्द्र राना मगरलाई नियन्त्रणमा लिएको जानकारी दिनुभयो। दुवै जनालाई मकवानपुर जिल्ला अदालत हेटौँडाबाट आपराधिक उपद्र तथा लुटपाटको अपराध कसुरमा म्याद थप गरेर अनुसन्धान कार्य भइरहेको छ।

यस्तै भदौ २४ गतेकै दिन भएको आन्दोलनका क्रममा हेटौँडा १० स्थित बागमती प्रदेश सभा सचिवालयको भवन र हेटौँडा ११ स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय, मकवानपुरको भवनमा तोडफोड र आगजनी गर्ने कार्यमा संलग्न रहेका तीन जनालाई प्रहरी पक्राउ गरेको छ।

प्रहरीले पुनम ठाकुर, प्रमोद महतो र सागर घताने भन्ने रोमबहादुर घतानेलाई नियन्त्रणमा लिएर आवश्यक कारवाही प्रक्रिया अगाडि बढाएको उहाँको भनाइ छ।

 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल