पुराना मान्यतालाई भत्काउँदै नेपाली चलचित्र

काठमाडौँ, ७ असोज : विसं २०६३ पश्चात् अन्य क्षेत्रझैँ चलचित्र क्षेत्रमा पनि परिवर्तन देखियो । प्रविधिको विकाससँगै चलचित्र निर्माणमा नयाँ र जनचासोका विविध विषयले स्थान पाउन थाले । विसं २०६५ पश्चात ‘कागबेनी’, ‘सानो संसार’बाट सुरु भएको डिजिटल चलचित्रको यात्राले ‘लूट’ को प्रदर्शनपश्चात गति लियो । यसले नेपाली चलचित्रमा स्थापित पुराना मान्यतालाई भत्काउन सफल भयो । […]

वास्तविक कथामा आधारित म्युजिकल फिल्म ‘हे दैव’ सार्वजनिक

असोज ५ ,काठमाडौँ । सांगीतिक दुनियाँमा आफ्नो भविष्य बनाउन अघि बढेको समयमा कार दुर्घटनामा परी २६ वर्षको उमेरमा निधन भएका सुरेश केरुङको सम्झनामा उनको परिवारले सांगीतिक चलचित्र बनाएको छ । शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी ‘हे दैव’ शीर्षकको सो म्युजिकल फिल्म रिलिज गरिएको छ । भुटानी शरणार्थीको रूपमा झापाको बेलडाँगीबाट अमेरिकाको एटलान्टा पुगेका स्व। […]

चर्चित गीतकार प्रलाद शाहको ‘परदेशमा’ गीत ( भिडियो )

काठमाडौं । लामो समय देखि अमेरिकामा बसोबास गरेर निरन्तर पृथक स्वादका मिठा मिठा गीत संगीत दर्शक स्रोता माझ प्रस्तुत गरिरहेका सफल गीतकार प्रलाद शाहको नयाँ गीत ‘परदेशमा’ केहि समय अगाडी सार्वजनिक भएको छ । बाल्यकाल देखि युवाअवस्था सम्म नेपालको बसाई र त्यसपछिको परदेश बसाईपछि एउटा मानिसको आफ्ना मनमा उब्जने कुराहरुलाई गीतकार जस्ताको त्यस्तै गीत मार्फत […]

‘एक भागवत् र एक गीता’ तथा ‘नाङ्गो गाउँ’ प्रदर्शनमा

काठमाडौँ, २९ भदौ : आजदेखि दुई नयाँ नेपाली चलचित्र ‘एक भागवत् र एक गीता’ तथा ‘नाङ्गो गाउँ’ प्रदर्शनमा आएका छन् । आउँदो हरितालिका तीजलाई लक्षित गर्दै दुवै चलचित्र प्रदर्शन गरिएका हुन् । सामाजिक विषयवस्तुमा आधारित भए पनि प्रस्तुतीकरणका कारण दुवै चलचित्रका लक्षित दर्शक फरक छन् । नेपाली चलचित्रमा नामभन्दा पनि निर्वाह गरेको भूमिकामार्फत चिनिने अभिनेतामध्येका […]

तीज महोत्सवमा भलिबल प्रतियोगिता

कास्की, २५ भदौ :  पोखराको लामाचौरमा हरितालिका तीजका अवसरमा २५औँ संस्करणको तीज महोत्सवसहित राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स) को आयोजनामा संस्थाको २७औँ वार्षिक उत्सवका अवसरमा लामाचौरको इन्द्रराज्यलक्ष्मी माविको खेल मैदानमा यही भदौ ३० देखि असोज १ गतेसम्म महोत्सवसहित भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको हो । […]

“हाै हामी किराँती“ सार्वजनिक

गीतकार मनुहाङ किराती “साेलु”को शब्दमा रहेको “हाै हामी किराती“बाेलकाे गीत सार्वजनिक भएको छ । नेपाल बहुजातीय, बहुभाषिक,बहुसाँस्कृतिक राष्ट्रमा यस गीतले समग्र सबै किराँतीहरुकाे प्रतिनिधित्व गरेकाे छ।२०८० सालकाे कृष्ण जन्माष्टमीको अवसर पारेर गीतलाई सार्वजनिक गरिएको हो । गीतमा किराती भाषा,ईतिहास र सभ्यताका कुराहरु समेटिएको छ । सबित कुलुङ(आल्से)को संगीत,क्षितिज कुलुङकाे संगीत संयाेजन तथा मिक्सिङ,प्रेम कुमार कुलुङकाे […]

बहराइनसँगको खेलमा नेपालले टस हार्‍यो

काठमाडौँ, १५ भदौ आइसीसी महिला टि २० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत आज भएको आफ्नो दोस्रो खेलमा नेपालले टस हारेर फिल्डिङ गर्ने भएको छ । मलेसियाको क्वालालाम्पुरमा भरखरै सम्पन्न टसमा बहराइनले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो । प्रतियोगितामा नेपालले बहराइनलाई हराउँदै प्रतियोगितामा लगातार दोस्रो जित निकाल्ने योजनामा छ । हिजो भएको पहिलो खेलमा […]

आइसीसी महिला टि–२० विश्वकप एसिया छनोट : नेपाल ब्याटिङ गर्दै

काठमाडौँ, १४ भदौ : आइसीसी महिला टि–२० क्रिकेट विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत मलेसियाविरुद्धको खेलमा नेपालले ब्याटिङ गरिरहेको छ । मलेसियाको क्वालाम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा मलेसियाले टस जितेर पहिला फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्न पुगेको हो । प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा मलेसिया, बहराइन, भुटान, कतार र युनाइटेड अरब इमिरेट्स […]

पाकिस्तानविरुद्ध नेपाललाई चौथो सफलता

काठमाडौँ, १३ भदौ : एसिया कप क्रिकेटमा नेपाललाई चौथो सफलता मिलेको छ । पाकिस्तानले २८औँ ओभरको पाँचौँ बलमा आगा सलमानका रूपमा चौथो विकेट गुमाएको छ । उनलाई सन्दीप लामिछानेले कुशल भुर्तेलद्वारा क्याच आउट गराएका छन् । यसअघि पाकिस्तानले २३ दशमलव चार ओभरमा मोहमद रिजवानलाई तेस्रो विकेटको रूपमा गुमाएको थियो । रिजवानले ५० बलमा छ चौकाको […]

भलिबलमा योगदान दिने सम्मानित

गण्डकी, ७ भदौ गण्डकी प्रदेश भलिबल सङ्घले भलिबल खेलमा योगदान दिएका चारजनालाई सम्मान गरेको छ । भलिबल सङ्घका केन्द्रीय सल्लाहकार एवं भलिबलका पूर्व खेलाडी हरिप्रसाद पराजुली, टाइगर ग्रुप पोखराका अध्यक्ष नारायणप्रसाद शर्मा, भलिबल गीतका रचनाकार आरजु विष्ट सल्यानी तथा गीतका गायक सङ्गीतकार विनोद बानियालाई बुधबार पोखरामा सम्मान गरिएको हो । आफ्नो जीवनकालमा भलिबलसँग जोडिएर योगदान […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल