बेनी (म्याग्दी), ४ भदौ : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ सुवा गाउँमा पहिरोले १० घरपरिवार विस्थापित भएका छन् । गत साउन ३२ गते रातिको अविरल वर्षाले गाउँको शिर र पुछारको कालीगण्डकी नदीतिरको खामभित्ता र सुकेबगर क्षेत्रबाट पहिरो गएपछि ती परिवार विस्थापित हुन पुगेका हुन् । पहिरोले सुवा गाउँमा एक घर पूर्णरुपमा क्षति भएको छ । स्थानीय सतविर […]
भोजपुर, ४ भदौ ः भोजपुर जिल्लाकै दुर्गम मानिने साल्पासिलिछो गाउँपालिकाका ३८ सामुदायिक विद्यालयमा ‘ब्रोडब्याण्ड इन्टरनेट’ सामग्री वितरण थालिएको छ । सामुदायिक विद्यालयमा प्रविधिमैत्री शिक्षामा जोड दिन इन्टरनेट सेवा विस्तार सुरुआत गरिएको हो । यहाँका ४४ विद्यालयमध्ये पहिलो चरणमा ३८ विद्यालयमा इन्टरनेट विस्तारको काम थालिएकोे गाउँपालिका शिक्षा शाखा प्रमुख थानेश्वर गुरागाईंले जानकारी दिनुभयो । यहाँका छ […]
कर्णाली, ४ भदौ ः कर्णाली प्रदेश सरकारले आज प्रदेश स्थापना तथा सहिद दिवसका अवसरमा सार्वजनिक बिदा दिएको छ । आज प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका शाखा अधिकृत निर्मला रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार कर्णाली प्रदेश सरकारको विसं २०७९ चैत २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले भदौ […]
काठमाडौँ, ४ भदौ ः नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । यस वर्ष साउनमा अधिकमास परेका कारण सौरमासअनुसार भदौमा यो पर्व परेको हो । यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, […]
गण्डकी, ४ भदौ : ‘पुस्तौँ पुस्ताका लागि पुस्तकालय’ भन्ने वाक्यसहित यही भदौ १५ गते १६औँ राष्ट्रिय पुस्तकालय दिवस मनाइँदैछ । यहाँका पुस्ताकालय पनि रचनात्मक र सन्देशमूलक कार्यक्रमसहित दिवस मनाउने तयारीमा छन् । विसं २००३ मा स्थापना भएको देशकै अग्रणीमध्येको विद्यामन्दिर पुस्तकालय, बागलुङले पाँच दिवसीय कार्यक्रमसहित उक्त दिवस मनाउने भएको छ । दिवसका अवसरमा भदौ ११ […]
कास्की, ३ भदौ : पोखरा महानगरपालिकाले स्वास्थ्यमा नागरिकको पहुँच वृद्धि गर्ने उद्देश्यले थप तीन वडामा सहरी स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याउने भएको छ । नागरिकलाई घरआँगनमै स्वास्थ्य सेवाको पहुँच विस्तार गरी आधारभूत स्वास्थ्योपचार सेवा प्रदान गर्ने उद्देश्य राखिएको छ । हाल महानगरमा २३ सहरी स्वास्थ्य केन्द्र सञ्चालनमा छन् । महानगरले वडा नं १९ को लामाचौर, वडा […]
म्याग्दी, ३ भदौ : जिल्लाको धवलागिरि गाउँपालिका–७ धारापानीमा ‘एक घर, एक धारा’सहितको खानेपानी आयोजना निर्माण भएको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीले धारापानीमा निजी धारा जडित खानेपानी आयोजना निर्माण भएको हो । रु एक करोडभन्दा बढीको लागतमा निर्माण भएको आयोजनाबाट दुई सय १४ घरमा निजी धारा जडान गरेर खानेपानी वितरण गरिएको धारापानी […]
सुरुङ्गा (झापा), ३ भदौ : झापाको हल्दिबारीमा विषालु सर्पले टोकेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका–२ निवासी ४५ वर्षीया जितेन राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालले बताउनुभयो । उहाँका अनुसार राजवंशीलाई शनिबार दिउँसो घरमै करेत सर्पले टोकेको थियो । सर्पले टोकेर गम्भीर घाइते भएकी राजवंशीलाई उपचारका […]
मनाङ, ३ भदौ : हिमाली जिल्ला मनाङमा दुई वर्षअघि अधिकांश झोलुङ्गे पुल बाढीले बगायो । नासों गाउँपालिका–५ र ६ जोड्ने पुल हालसम्म पनि नबन्दा स्थानीयवासी आवतजावत गर्न र विद्यालय तथा स्वास्थ्यचौकी पुग्न फड्के प्रयोग गर्न बाध्य हुँदै आएका छन् । पुल नबन्दा फड्के बगाउँछ भनेर स्थानीयवासीले दूध खोला बढे फड्के निकाल्ने र खोला घटेमा फड्के […]
काठमाडौँ, ३ भदौ : काठमाडौँ महानगरपालिकाले कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई यही भदौदेखि दिवा खाजाको व्यवस्था गर्ने भएको छ । गतवर्ष कक्षा ८ सम्म दिँदै आएको खाजा महानगरले यसवर्ष कक्षा १० सम्मका विद्यार्थीलाई दिने व्यवस्था गरेको महानगरपालिका शिक्षा विभागका अधिकारी सीताराम कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार सङ्घीय सरकारले कक्षा ६ सम्म प्रतिविद्यार्थी रू […]