
कावासोती, मङसिर ११ गते । नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रको विकल्प नभएको बताउनुभएको छ । देशमा अब राजतन्त्र नफर्किने उहाँको भनाइ छ । “गणतन्त्रको विरोध गर्नुको अर्थ छैन, बदलिने कुरा छैन” सोमबार नेपाली काँग्रेस नवलपुरको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले सो कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो, “संविधान सभाले निर्णय […]
काठमाडौं, मङ्सिर ११ गते । सांसद गगन थापाले स्वास्थ्य बीमालाई प्रभावकारी बनाउनका लागि सङ्कल्प आवश्यकता रहेको बताउनुभएको छ । नेपाल चिकित्सक सङ्घद्वारा आज यहाँ आयोजित ‘स्वास्थ्य सेवा प्रणालीको उन्नयनका लागि स्वास्थ्य अर्थशास्त्र’ विषयक अन्तरक्रियामा सांसद थापाले स्वास्थ्य बीमा असफल हुन लागेकामा चिन्ता व्यक्त गर्दै प्रभावकारी बनाउनका लागि सङ्कल्प आवश्यक रहेको बताउनुभयो । उहाँले संविधानमा लेखेअनुसारको स्वास्थ्यसम्बन्धी […]
काठमाडौं, मङ्सिर ११ गते । यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचकमा आज दोस्रो दिन दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक ११ दशमलव २७ अङ्कले घटेर एक हजार आठ सय ९६ दशमलव ६७ को बिन्दुमा कायम भएको छ । आज दुई सय ९० कम्पनीको ६० लाख १७ हजार तीन […]
विराटनगर, मङ्सिर ११ गते । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विपन्नलाई निःशुल्क कानुनी सहायता कार्यक्रम यसै आर्थिक वर्षबाट कार्यान्वयनमा आउने बताउनुभएको छ । मानव अधिकार मञ्च नेपालले सोमबार विराटनगरमा आयोजना गरेको स्थानीय तहमा सर्वसुलभ र गुणस्तरीय न्याय सेवामा एकरूपताका लागि आवश्यक कानुन तथा मापनका सूचकहरू विषयक प्रदेशस्तरिय कार्यशालामा बोल्दै उहाँले न्यायको पहुँचमा नपुगेका नागरिकलाई पहुँचमा ल्याउने […]
कालीकोट, मङ्सिर ११ गते । गाउँका डाक्टर उपाधि पाउनुभएका रास्कोट –१ का नमराज शाहीको निधनले गाउँ शोकमग्न बनेको छ । आइतवार उहाँको निधन भएपछि गाउँबासी शोकमग्न भएका हुन् । “हाम्रा डाक्टरको निधन भयो, रास्कोट क्षेत्रकै चिकित्सक गुमायौं” भन्दै स्थानीयहरु मलामीमा सहभागी भएका थिए । रास्कोट नगरपालिका भित्रका तीन वटै साविकका गाउँ बिकास समितिका नागरिकलाई शाहीले सेवा […]
काठमाडौँ, मङ्सिर १० गते । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिर अब उत्तराखण्डमा भन्ने समाचारमा कुनै सत्यता नभएको बताएको छ । भारतमा पशुपतिनाथको मन्दिर बनाउन स्वीकृति दिएको भन्ने समाचारमा कुनै सत्यता नभएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा.घनश्याम खतिवडाले बताउनुभयो । उहाँले भन्नुभयो, “पशुपतिनाथ मन्दिर अब उत्तराखण्डमा भन्ने समाचारमा कुनै सत्यता छैन, उक्त भ्रामक […]
डोल्पा, मङ्सिर १० गते । डोल्पामा आफैले चलाएको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । लु २ त ५९१५ नम्बरको ट्याक्टर मकै लिएर दुनै आउने क्रममा ठुली भेरी नगरपालिका वडा नं ९ स्थित मोतीपुरको चिमा भन्ने ठाउँमा रोकेको अवस्थामा न्युट्राेलमा गई ट्याक्टरको चक्कामा किचिएर चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा रुकुम पश्चिम आठबिसकोट […]
झापा, मङ्सिर १० गते । वैदेशिक रोजगारीका क्रममा मलेसियामा हराएका मेचीनगर नगरपालिका–६ का ३७ वर्षीय गोपाल घिमिरे उद्धारपछि घर आइपुग्नुभएको छ । अठार वर्षअघि मलेसिया गएका घिमिरेलाई मलेसियाको नेपाली जनसम्पर्क समितिले खोज तथा उद्धार गरेर नेपाल पठाएको हो । उहाँकी आमा सानी घिमिरेले खोजीका लागि सार्वजनिक अपिल गरेपछि गोपालको खोजी भएको थियो । शुक्रबार क्लालाम्पुरबाट […]
विराटनगर, मङ्सिर १० गते । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशसभामा पेस भएको प्रतिस्थापन बजेट विधेयक लोककल्याणकारी हुने बताउनुभएको छ । विधेयकका सम्बन्धमा आर्थिक मामिला तथा योजना मन्त्रालयको सभाहलमा आज आयोजित पत्रकार भेटघाटमा उहाँले विशेष परिस्थितिमा नयाँ बजेट आएको स्पष्ट पार्नुभयो । जनताका घरदैलोसम्म पुर्याउने लक्ष्यका साथ योजना र बजेटको व्यवस्था गरेको जनाउँदै मुख्यमन्त्री […]
काठमाडौँ, मङ्सिर १० गते । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखक भारतमा सम्मानित हुनु भएको छ । लखनउ विश्वविद्यालयले विश्वविद्यालयबाट अध्ययन गरी काँग्रेसको प्रमुख सचेतक तथा राजनीतिको माध्यमबाट समाजमा योगदान पुर्याएको भन्दै सम्मान गरेको हो । विश्वविद्यालयले लेखकसहित स्वदेश तथा विदेशमा समाजका विभिन्न ओहदामा रही विशिष्ट योगदान पुर्याएका ७ पुर्वविद्यार्थीहरुलाई विश्वविद्यालयको १०३ औ स्थापना दिवसको उपलक्ष्यमा […]