alliance khabar

बिहिबार, माघ ०४, २०८०

भक्तपुर, ४ माघ : मल्लकालीन नवदुर्गा गणको ङालाकेगु जात्रा बुधबारदेखि भक्तपुर –९ सूर्यमढीबाट सुरु भएको छ । नवदुर्गा गणको नाच ङालाकेगु जात्रा प्रत्येक दिन नगरपालिका क्षेत्रका फरकफरक २१ टोलमा प्रदर्शन गरिने देवगणका सदस्य नारायणमान बनमालाकाले जानकारी दिनुभयो । तान्त्रिक एवं दैवी शक्तिका आधारमा प्रदर्शन गरिने यो जात्रा भक्तपुरको दत्तात्रय, क्वाठण्डौँ, गछेँ, दछुटोल, नागपोखरी, इनाचो, गोल्मढी, याछेँ, टौमढी, तालाको, पोटरी स्क्वायर, नासमना, गहिटीँ, क्वाछे, टिबुक्छे, सुकुलढोका, दरबार स्क्वायर, खौमा, इताछेलगायतका फरकफरक दिनमा टोलटोलमा प्रदर्शन गरिन्छ ।

उहाँका अनुसार नवदुर्गा नाचमा १३ मकुन्डो रहने र मकुन्डो लगाएर १२ देवगणले नवदुर्गा नाच नाच्ने यो परम्परा धान्न नवदुर्गाका १९ देवगण रहने गर्दछन् । यसमा भैरव, महाकाली, बाराही, गणेश, बह्मयणी, कुमारी, महेश्वरी, भद्रकाली, इन्द्रायणी, दुम्भसिंह, महादेव, श्वेत भैरवका रुपमा देवगणले नाच्ने गर्दछन् ।

परम्परागत वेशभूषामा बाजाको तालमा देवताका प्रतीकका रुपमा देवगणले नाङ्गो खुट्टाले नै सो नाच प्रदर्शन गर्ने गर्दछन् । जात्रामा नाचका लागि आर्थिकलगायतका विभिन्न समस्या रहेकाले सहयोग हुनुपर्ने माग देवगणले गरेका छन् । स्थानीय नेपाल भाषामा ङालाकेगु भनिने मल्लकालीन प्रख्यात नवर्दुगा नाचको थालनी भक्तपुरका राजा भुवन मल्ल (इ सं १५०५देखि १५१९)ले प्रचलनमा ल्याएको इतिहासविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले नेपाल संवत् ६३३ (इ सं १५१३) मा भक्तपुर राज्यमा अनिकाल परेकाले सहकाल ल्याउन तान्त्रिक विधिअनुसार दैवी शक्तिको आव्हान गरि नवदुर्गा नाचको प्रचलन चलाएको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल