काठमाडौँ, असोज ३ गते । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै लोकतन्त्र, मानव अधिकार र सामाजिक न्यायलाई सुदृढ बनाउन सबैलाई आह्वान गर्नुभएको छ । उहाँले असोज ३, २०७२ मा संविधानसभाबाट पारित भई घोषणा भएको नेपालको संविधान नेपाली जनताले पटक–पटक गरेका क्रान्ति, संघर्ष र आन्दोलनको महत्वपूर्ण उपलब्धि भएको उल्लेख […]
काठमाडौँ , असोज ३ गते । भ्रष्टाचारविरुद्धको प्रदर्शनमा ज्यान गुमाएका जेनजी सहिदको सम्झनामा ‘मिसेस नेपाल वल्र्ड २०२५’ का प्रतियोगीले संविधान सभा भवनपरिसरमा दीप प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण गरेका छन् । सामूहिक रूपमा दीप प्रज्वलन गर्दै उनीहरूले सहिदहरूको बलिदानलाई नमन गर्दै भ्रष्टाचार अन्त्यका लागि एकताबद्ध हुने संकल्प गरे । मिसेस नेपाल वल्र्डको आयोजक संस्था रिबन इन्टरटेन्मेन्ट […]
काठमाडौँ, असोज ३ गते । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताउनुभएको छ । संविधान दिवसका अवसरमा शुभकामना शुक्रबार सन्देश दिनुहुँदै उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा […]
काठमाडौं असोज २ गते। हिमालयन एभरेष्ट इन्स्योरेन्सले क्षति पुगेका सम्पत्तिको दावी भुक्तानी दिने प्रक्रिया सुरु गरेको छ । जेनजी आन्दोलनका क्रममा भएका क्षतिको दावी गरेका बीमितिहरुलाई भुक्तानी दिने प्रक्रिया सुरु गरेको हो। विषम परिस्थितिलाई ध्यानमा राख्दै बीमितको सुविधाका लागि शीघ्र भुक्तानी प्रक्रिया थालेको हिमालयन एभरेष्ट इन्स्योरेन्सले जनाएको छ। बीमा दाबीका लागि आवश्यक कागजात र प्रक्रिया […]
कञ्चनपुर , असाेज २गते । थारू समुदायमा रहेको वंशाणुगत रोग ‘सिकलसेल एनिमिया’ पहिचानका लागि रगत परीक्षणलाई उच्च प्राथमिकता दिइएको छ । स्वास्थ्य कार्यालयका सिकलसेल एनिमिया तथा थालेसिमिया रोगसम्बन्धी स्रोत व्यक्ति सिद्धराज भट्टले थारु समुदायको बाहुल्यता रहेका पालिकामा रगत परीक्षण शिविर नै सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा दुई हजार चार सय […]
काठमाडौँ, असोज २ गते। नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच आज फोन वार्ता भएको छ । वार्ताका क्रममा प्रधानमन्त्री कार्कीले भारतीय प्रधानमन्त्री मोदीलाई उहाँको ७५औँ जन्मदिनको शुभकामना दिनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यसैगरी प्रधानमन्त्री कार्कीले नेपाल–भारतबीचको सदियौँ पुरानो र मैत्रीपूर्ण सम्बन्धको स्मरण गर्नुभएको थियो । साथै उहाँले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलगायतका […]
म्याग्दी, असोज २ गते । जिल्ला हुलाक कार्यालय म्याग्दीले उत्कृष्ट चिट्ठीपत्र लेख्ने विद्यार्थीलाई नगदसहित पुरस्कृत गरेको छ । बिहीबार हुलाक कार्यालयमा आयोजित कार्यक्रममा विजेता विद्यार्थीलाई नगदसहित पुरस्कृत गरिएको हो । नयाँ पुस्तालाई हुलाक र चिट्ठीपत्रको महत्त्वका बारेमा सचेतना जगाउन हुलाक कार्यालयले माध्यमिक विद्यालयस्तरीय चिट्ठी पत्र लेखन प्रतियोगिता सञ्चालन गरेको थियो । प्रतियोगितामा प्रथम, द्धितीय र […]
नयाँदिल्ली, असोज २ गते । दक्षिणी राज्य केरलामा दुर्लभ पानीजन्य ‘मस्तिष्क खाने’ (ब्रेन इटिङ) अमिबाको सङ्क्रमण र मृत्यु गत वर्षको तुलनामा दोब्बर बढेपछि भारतले स्वास्थ्य चेतावनी जारी गरेको छ । सरकारी टास्क फोर्सका चिकित्सक अल्ताफ अलीले कि अधिकारीहरूले राज्यभरि केस पत्ता लगाउन र उपचार गर्न ठूलो मात्रामा परीक्षण गरिरहेको बताउनुभयो । यस वर्ष नेग्लेरिया फोलेरी […]
मध्यविन्दु, असोज २ गते । नवलपुरको कावासोतीमा आमाघर तथा लोक सांस्कृतिक सङ्ग्राहलय निर्माण हुने भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल नवलपुरले ऐतिहासिक र गौरवशाली परियोजना अन्तर्गत यहाँ आमाघर तथा सांस्कृतिक सङ्ग्राहलय निर्माण गर्न लागेको हो । जस अन्तर्गत अहिले कावासोती ६ भाट्टोलामा भवन निर्माणको क्रममा छ । पर्खाल निर्माण र ( […]
ढाका, असोज २ गते । बङ्गलादेश निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री शेख हसिना र उहाँका परिवारका सदस्यलाई आगामी वर्ष फेब्रुअरीमा हुने राष्ट्रिय चुनावमा मतदान गर्न नपाउने घोषणा गरेको छ । “आगामी संसदीय चुनावले देशभित्र र विदेशमा दुवै मतदानको सुविधा दिने छ । विदेशमा रहेका बङ्गलादेशीले अनलाइन दर्ता गर्नु पर्ने छ, जसका लागि हाल नयाँ प्रणाली विकास भइरहेको […]