काठमाडौँ, साउन ४ गते : स्थानीय बजारमा सुनको मूल्य तोलामा रु. दुई हजारले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकानुसार बिहीबार प्रतितोला रु. एक लाख ४९ हजार पाँच सयमा कारोबार भएको छापावाला सुनको आज भने रु. एक लाख ४७ हजार पाँच सय निर्धारण भएको छ । बिहीबार प्रतितोला रु. एक लाख ४८ हजार आठ […]
बर्दिवास, साउन ४ गते : गौशाला नगरपालिकाले सामुदायिक विद्यालयको अतिक्रमित जग्गा खाली गराएको छ । नगरपालिका–७ मनहरवास्थित राष्ट्रिय जनजाती आधारभूत विद्यालयकोे जग्गा कब्जा गरी बनाइएका ३ वटा घरमा शुक्रबार डोजर चलाइएको हो । स्थानीय भोला सहनी, विन्दे सहनी र चन्दर सहनीले अवैधानिकरुपमा कब्जा गरेको जग्गा खाली गराउन पटक–पटक निर्देशन र आग्रह गर्दा अटेर गरेपछि बाध्य भएर […]
धनगढी, असार ४ गते : सुदूरपश्चिम प्रदेश सभाको चौंथो अधिवशन अन्त्य भएको छ । बिहीबर राती १२ बजेटबाट लागू हुने गरी प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सभाको चौंथो अर्थात् बजेट अधिवेशन अन्त्य गर्नुभएको हो । अधिवेशन अन्त्यका लागि प्रदेश सरकारले असार २८ गते नै प्रदेश प्रमुखलाई सिफारिस पत्र पठाएको थियो । चौंथो अधिवेशन जेठ १३ […]
काठमाडौँ, साउन ४ गते : काठमाडौँ महानगरपालिका– २२ मा पर्ने नयाँसडक गेटदेखि जुद्ध शालिकसम्मको सडकमा पेटी विस्तारको काम सुरु भएको छ । उच्च अदालत पाटनले काम अघि बढाउन आदेश दिएसँगै महानगरपालिकाले सडकको पेटीको विस्तारको काम अघि बढाएको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो । सडक पेटी विस्तार गर्न नपाउने भन्दै स्थानीयवासीले बिहीबार बिहान नयाँ सडक क्षेत्रमा विरोध जनाएका […]
मेष– आर्थिक क्रियाकलापमा राम्रै फाइदा उठ्न सक्छ। बौद्धिक क्षेत्रमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बोलीको भरमा काम सम्पादन हुन सक्छ। राम्रै आम्दानी हुने रोजगारीको अवसर मिल्न सक्छ। बेसुरमा अरूलाई दिएको वचनले अप्ठ्यारोमा पार्न सक्छ . पढाइलेखाइमा प्रगति गर्न नसकिने र व्यापारमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ। नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला। वृष– गरेका कामबाट […]
काठमाडौं, साउन ३ गते । नवनियुक्त युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले टिम भावनका साथ अगाडि बढ्ने बताउनु भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का अध्यक्ष समेत रहनु भएका खेलकुद मन्त्री चौधरीले उहाँको सम्मानमा राखेपले बिहीबार आयोजना गरेको स्वागत तथा बधाइ कार्यक्रम यस्तो विचार राख्नु भएको हो । ‘‘म मन्त्री भएको केही दिन मात्र भएको […]
काठमाडौं, साउन ३ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले देश र व्यवस्था अप्ठेरोमा पर्दा कांग्रेस–एमाले शक्ति एक ठाउँमा उभिएको बताउनुभएको छ । बिहीबार मन्त्रालयमा लमजुङका नेता कार्यकर्ताको बधाई तथा शुभकामना ग्रहण गर्दै मन्त्री गुरुङले सो कुरा बताउनुभएको हो । २०४६ सालमा पञ्चायत फाल्न, २०६२–६३ सालमा राजतन्त्र फाल्न र २०७२ मा गणतान्त्रिक संविधान बनाउन […]
फुङ्लिङ (ताप्लेजुङ), साउन ३ गते : जिल्लाकै ठूलो खेलकुद प्रतियोगिता ताप्लेजुङ गोल्डकप आगामी भदौ ३ गतेदेखि हुने भएको छ । लाखेजात्रा सञ्चालन समितिको आयोजना हुने उक्त प्रतियोगितामा देशका ‘ए’ डिभिजन क्लबलाई आमन्त्रण गर्ने निर्णय भएको समितिका अध्यक्ष देवराज गुरुङले बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभएको हो । प्रतियोगितामा प्रथम हुने टोलीले रु तीन लाख […]
काठमाडौँ, साउन ३ गते : सुनको मूल्य तोलाको डेढ लाख रुपियाँ पुगेको छ । केही समयदेखि घटबढ हुँदै आएको सुनको मूल्य बुधबार प्रतितोला एक लाख ४९ हजार आठ सय रुपियाँ पुगेको हो । यो नेपाली सुन बजारको हालसम्मकै उच्च मूल्य हो । मङ्गलबारको मूल्य प्रतितोला एक लाख ४७ हजार आठ सय रुपियाँ थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दै […]
नयाँ पुस्ता स्वदेशमा बस्न नचाहनु वा विदेशमा उच्च शिक्षा हासिलपश्चात् फर्कन नचाहनुमा नेपालको राजनीतिक वातावरण, कर्मचारीतन्त्र, सामाजिक तथा सांस्कृतिक मूल्यमान्यता मूल रूपमा दोषी रहेको छ । हालसम्म नेपालले विश्वका १११ मुलुकमा वैदेशिक रोजगारका लागि सरकारले स्वीकृति प्रदान गरेको छ । तीमध्ये दक्षिण एसियाली–मुलुक बङ्गलादेश, माल्दिप्स, पाकिस्तान, श्रीलङ्का, अफगानिस्थान, दक्षिणपूर्वी एसियाली–मुलुक चीन, ताइवान, हङकङ, मकाउ, सिङ्गापुर, […]