नवलपुर, कात्तिक ७ गते । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–४ गोग्दीस्थित दुमकट्टामा देउसीभैलो खेल्ने क्रममा कुटपिट हुँदा एक जनाको मृत्यु भएको छ । देउसीभैलो खल्ने टोली मध्यका ब्याक्तीहरुले सोही ठाउँका ४४ वर्षीय सन्तबहादुर ठाडा मगरले अपशब्द बोलेको भन्दै कुटपिट गरी घाइते बनाएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते मगरको उपचारको क्रममा स्थानीय लुम्बिनि मेडिकल बगैँचामा […]
बैङ्कक, कात्तिक ७ गते । सन् २०२३ अक्टोबर ७ मा इजरायलमा भएको आक्रमणमा मारिएका र गाजामा हमासद्वारा कब्जा गरिएका थाइ कृषि मजदुरको शव बिहीबार थाइल्यान्ड फिर्ता पठाइएको अधिकारीहरूले बताएका छन् । इजरायल र हमासबीच भएको युद्धविरामको सम्झौताका क्रममा सोन्थाया ओक्खराश्रीको अवशेष बिहीबार साँझ तेल अभिभबाट बैङ्ककको सुवर्णभूमि विमानस्थलमा आइपुगेको छ । इजरायली अधिकारीहरूले सोन्थायाको शव […]
म्याग्दी, कात्तिक ७ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिख स्वाँतका ६८ वर्षीय बलबहादुर तिलिजा पुनलाई पोखरा बसाइमा नपुग्दो केही थिएन । भरतीय सेनाबाट सेवानिवृत्त क्याप्टेन तिलिजाका एक छोरा बेलायती गोर्खा सैनिक हुन् । तीन जना छोरीहरू हङकङ, अमेरिका र पोर्चुगलमा छन् । पोखराको रामबजारमा बस्दै आएका तिलिजा स्थायी रूपमा बसोबास गर्ने गरी जन्मथलो स्वाँतमा […]
भद्रपुर(झापा), कात्तिक ७ गते । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा पूर्वीनाका काँकरभिट्टाबाट रु १२ अर्ब २८ करोड ३० लाख मूल्य बराबरका मालवस्तु आयात भएका छन् । जुन गत आव २०८१÷०८२ को सोही अवधिको तुलनामा रु एक अर्ब ४४ करोड २७ लाख अर्थात् १३ दशमलव ३१ प्रतिशतले बढेको मेची भन्सार कार्यालयका सूचना अधिकारी […]
पश्चिम नवलपरासी, कात्तिक ७ गते । लोकआस्थाको महान् पर्व छठ नजिकिएसँगै तराई–मधेशका जिल्लाहरूमा अहिले छठघाटको व्यवस्थापन र सरसफाइले तीव्रता पाएको छ । श्रद्धा र निष्ठाका साथ मनाइने यस चार दिने पर्वको तयारी स्वरूप स्थानीय शहर तथा गाउँ बस्तीहरूमा रहेका नदी, तलाउ र पोखरीहरूको किनारमा छठघाट निर्माण र सजावटको कामलाई भव्यताका साथ अघि बढाइएको हो । […]
मुक्तिनाथ (मुस्ताङ), कात्तिक ७ गते । गत भदौ महिनामा उपल्लो मुस्ताङको लो–घेकर दामोदर कुण्ड गाउँपालिकाको बस्ती नजिकै एउटा बैंस हिउँ चितुवा भेटियो । गत वैशाख महिनामा वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५,धार्काजुङ गाउँमा गोठमै च्याङ्ग्रा मार्यो । गत वर्ष वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३, छुसाङको समरमा खोरबाट हिउँ चितुवालाई उद्धार गरी सुरक्षित बासस्थानको रूपमा लोमान्थाङ गाउँपालिका–५,थर्लुङ फाँटमा छोडियो । आहाराको […]
मुस्ताङ, कात्तिक ५ गते । नेपाल–चीन उत्तरी कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयले रु तीन अर्ब एक करोड ४४ लाख ३६ हजार राजस्व सङ्कलन गरेको छ । गत भदौ ३१ गते पूर्ण रुपमा व्यापारिक मार्गको रुपमा सञ्चालनमा आएको कोरलानाकाबाट मुस्ताङ भन्सार कार्यालयले मङ्गलबारसम्म उक्त राजस्व सङ्कलन गरेको जनाएको छ । चीनबाट आयातनिर्यात गरिने मालसामान तथा विद्युतीय […]
काठमाडौँ, कात्तिक ५ गते । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको पाँचौ दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने […]
काठमाडौँ, कात्तिक ५ गते । कार्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायमा म्हः (आत्म) पूजा गरिँदैछ । प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका मानिसले आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन् । मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय भएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ । आत्म […]
काठमाडौँ, कात्तिक ५ गते । सरकारले निर्वाचनको वातावरणका लागि राजनीतिक दलहरुसँग चरणबद्ध वार्ता र संवाद अघि बढाएको छ । जेनजी आन्दोलनको जगमा गठित वर्तमान सरकारले फागुन २१ मा घोषित निर्वाचन सम्पन्न गर्न तथा मुलुकमा सुशासन प्रवर्धन र भ्रष्टाचार नियन्त्रणका लागि पहलकदमी लिएको हो । उक्त प्रयोजनका निम्ति सरकारले मङ्गलबार सर्वदलीय बैठक आयोजना गरेर सरकार र […]