धनगढी, असार ११ गते । सुदूरपश्चिम प्रदेशमा भौतिक पूर्वाधारको अवस्था कमजोर रहेको महालेखा परीक्षकको वार्षिक प्रतिवेदनले औँल्याएको छ । राष्ट्रिय प्रगतिसँग तुलना गर्दा यो प्रदेशको भौतिक पूर्वाधार अवस्था कमजोर देखिएको हो । महालेखा परीक्षकको कार्यालयले दिगो विकास लक्ष्य र दीर्घकालीन सोचसमेत प्राप्त हुने गरी कार्यक्रम कार्यान्वयन गर्न भौतिक पूर्वाधार विकास मन्त्रालयलाई सुझाव दिएको छ । प्रदेशमा सडक, हवाई […]
सङ्घीय संसद्को दुवै सदनमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमाथि छलफल भइरहेको छ । यस पटकको बजेट अन्य वर्षमा भन्दा भिन्न तवरले छलफल भएको देखिएको छ । बजेटमाथि विपक्षी दलहरूले आलोचना गर्ने परम्परा नै रहे पनि यस पटक भने सत्तारूढ दलका सदस्यले समेत बजेट विनियोजनका सम्बन्धमा कटु आलोचना गरेका छन् । रोस्ट्रमबाट नै विनियोजन पुस्तिका […]
काठमाडौँ, असार ११ गते । आन्तरिक उडान गर्दै आएका निजी वायुसेवा कम्पनीहरू ठुला जहाज भित्र्याएर सुगम गन्तव्यमा उडान प्रतिस्पर्धामा लागेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई आधार बनाएर आन्तरिकतर्फका गन्तव्यमा उडान गर्दै आएका निजी क्षेत्रका हवाई कम्पनी बुद्ध एयर, श्री एयरलाइन्सलगायतले सुगमको उडानमा प्रतिस्पर्धा गर्न लागेका हुन् । वायुसेवा कम्पनीबिचको उडान प्रतिस्पर्धाले यात्रुले समेत हवाई भाडा […]
काठमाडौँ, असार १० गते । कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले कृषि बिमाका लागि दिनुपर्ने अनुदान रकम दिने तयारीमा सरकार लागेको बताउनुभएको छ । उहाँले कृषि मन्त्रालयले माग गरेको ९७ करोड रुपियाँ अर्थ मन्त्रालयबाट स्वीकृत भएर आउनेबित्तिकै त्यो वितरण हुने बताउनुभयो । आइतबार नेपाल पशु चिकित्सा परिषद्को डिजिटल काउन्सिल र पुस्तकालयको उद्घाटन तथा आइएसओ ९००१:२०१५ […]
०९ आषाढ २०८१ मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको संस्थापक समूहको ३०,००० कित्ता शेयर बिक्री गर्ने भएको छ। उक्त शेयर खरिद गर्न ईच्छुक विद्यमान संस्थापक शेयरधनीहरु वा अन्य बैंक तथा वित्तिय संस्था (नेपाल राष्ट्र बैकबाट ईजाजतपत्र प्राप्त क, ख र ग वर्ग) न्यूनतम मूल्य प्रति शेयर रु.७०० (सात सय) मा […]
कावासोती, असार ९ गते । पछिल्लो समय युवा जनशक्तिले देशमा अवसर नदेखेर बिदेसिने क्रम बढ्दो छ तर केही युवा भने मेहनत गरे स्वदेशमा नै स्वरोजगार बन्न सकिन्छ, भन्दै कृषिमा लागेका छन् । चितवन कालिकानगर–५ का ३९ वर्षीय निर्मल भट्टराई अहिले केरा खेतीमै स्याहारसुसार गर्दै दिन बिताउनुहुन्छ । नेपाल सरकारको जागिरबाट रिटायर भएपछि उहाँ व्यावसायिक केरा […]
काठमाडौँ, असार ९ गते । विद्युतीय सवारीमा नेपालीको मोह बढ्न थालेको छ । विद्युतीय सवारीको पूर्वाधारसमेत विस्तार हुने क्रम बढ्दै जाँदा यसको व्यापार उकालो लागिरहेको तथ्याङ्कले देखाउँछ । बढ्दो आकर्षणका कारण विद्युतीय सवारीको आयात पनि निरन्तर बढिरहेको भन्सार विभागको पछिल्लो तथ्याङ्कले पुष्टि गर्छ । विभागले सार्वजनिक गरेको चालु आव २०८०/८१ को एघार महिना (जेठ) सम्मको […]
हुम्ला, असार ९ गते । यातायातका साधनका लागि इन्धनको मूल्य घटेको भए पनि भाडा नघटेको पाइएको छ । नियमनकारी निकायबाट भाडाको पुनरावलोकन नहुनु र यातायात व्यवसायीले आफू खुसी भाडा तोक्ने गरेको कारण भाडा घट्न नसकेको हो । खार्पुनाथ गाउँपालिका– ५ का भिमराज शाहीले यातायातका साधनका लागि प्रयोग हुने इन्धनको मूल्य घटेको भए पनि भाडा भने […]
गण्डकी, असार ८ गते । कास्कीको पोखरामा अनधिकृत रुपमा ‘एप’मार्फत ‘राइड सेयरिङ’ गरी यात्रु बोक्ने कार्य तत्कालका लागि बन्द गरिएको छ । यातायात व्यवस्था कार्यालय कास्कीले उक्त एपमार्फत यात्रु ओसारपसार गर्ने कार्य तुरुन्त बन्द गर्न शुक्रबार सार्वजनिक सूचना जारी गरेको हो । सूचनाको अटेर गरी यात्रु बोक्ने कार्य जारी राखेमा यसमा संलग्नलाई कारबाही गरिने सूचनामा […]
काठमाडौँ, असार १ गते । पछिल्ला महिनामा लगातार ब्याजदर घटिरहेको सन्दर्भमा वाणिज्य बैङ्कहरूले असार महिनाका लागि पनि निक्षेपको ब्याजदर घटाएका छन् । हाल सञ्चालनमा रहेका २० मध्ये ११ वटा वाणिज्य बैङ्कले ब्याजदर घटाएका छन् भने तीन बैङ्कले बढाएका छन् । यता छ बैङ्कले भने अघिल्लो महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । बैङ्कहरूले औसतमा ०.१२ प्रतिशत […]