काठमाडौँ, १५ साउन —
नेपाल ट्रेड युनियन कांग्रेसले जलवायु परिवर्तन र न्यायोचित रुपान्तरणको एक दिबसिय प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि , नेपाल ट्रेड युनियन कांग्रेसका वरिष्ठ उपाध्यक्ष तेजेन्द्र जंग कार्कीले “जलवायु परिवर्तनका कारण तापक्रम वृद्धि र वर्षा प्रणालीमा परिवर्तन भएको बताउनु भयो । ”
प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै , नेपाल ट्रेड युनियन कांग्रेसका वरिष्ठ उपाध्यक्ष तेजेन्द्र जंग कार्कीले जलवायु परिवर्तनका कारण तापक्रम वृद्धि र वर्षा प्रणालीमा आएको परिवर्तनले श्रमजीवीहरूको जीवनमा ठूलो प्रभाव परेको उहाँले बताउनुभयो ।
“जलवायु परिवर्तनले श्रमजीवीहरूको जीवनमा असर पुर्याएको छ, र यसले उनीहरूको काम गर्ने परिस्थितिलाई पनि प्रभावित गरेको छ।” उहाँले बताउनुभयो ।
उक्त कार्यक्रममा नेपाल ट्रेड युनियन काङ्ग्रेसका उपाध्यक्ष गणेश के.सि.ले जलवायु परिवर्तनले श्रम क्षेत्रलाई प्रभावित गरिरहेको र ट्रेड युनियनको मुद्दा न्यायोचित रुपान्तरण रहेको बताउँदै, “हामीले न्यायोचित रुपान्तरणको माध्यमबाट श्रमजीवीहरूको समस्याहरूलाई सम्बोधन गर्नुपर्ने छ,” उहाँले बताउनुभयो । यसका साथै, उहाँले जलवायु परिवर्तन र श्रम क्षेत्रको सम्बन्धलाई बुझ्नका लागि यस्ता प्रशिक्षण कार्यक्रमहरूको महत्वलाई पनि जोड दिनुभयो ।
ट्रेड युनियन कांग्रेसका उपमहासचिव एवं जलवायु परिवर्तन र न्यायोचित रुपान्तरण सेलका प्रमुख बलदेव तामाङले जलवायु परिवर्तनले श्रमजीवीहरूको जीवनमा पहिलो असर पुर्याएको तर राज्य र रोजगारदाताको यस विषयमा चासो नभएको आरोप लगाउनु भयो।
यस कार्यक्रमका अथिती ट्रेड युनियन कांग्रेसका उपमहासचिव जनार्दन भट्टराईले जलवायु परिवर्तनलाई सबैको मुद्दा मान्दै यसबारे श्रमजीवीहरूलाई थप सचेत गराउनु पर्ने आजको आवश्यकता रहेको बताउनुभयो ।
प्रशिक्षण कार्यक्रमका अथिती नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय सदस्य कृष्ण अर्यालले “जलवायु परिवर्तन केवल एक विशिष्ट समूहको समस्यामात्र नभई , यो सम्पूर्ण समाजको समस्या हो।” उहाँले बताउनुभयो ।
कार्यक्रममा सहभागी श्रमजीवीहरूले जलवायु परिवर्तनका प्रभावहरूको बारेमा जानकारी प्राप्त गरेका छन् र यससँग जुध्नकालागि आवश्यक उपायहरूको बारेमा छलफल गरेका थिए । यस प्रकारको प्रशिक्षणले श्रमजीवीहरूको अधिकार र सुरक्षा सुनिश्चित गर्नका लागि सहयोग गर्ने सेलले विश्वास गरेको छ।
जलवायु परिवर्तनकाबारेमा विभिन्न क्षेत्रका श्रमजीवीलाई आमन्त्रण गरि एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। यो कार्यक्रम विशेष रूपमा कृषि, होटेल पर्यटन, निर्माण, र यातायात क्षेत्रका श्रमजीवीहरूको सहभागिता रहेको थियो ।