alliance khabar

मंगलबार, साउन १५, २०८१

काठमाडौँ, साउन १५ गते ।

मिस नेपालको ‘ग्रान्ड फिनाले’ मा सहभागी हुन मिस माल्टा चेरिस स्पिटेरी सोमबार नेपाल आइपुग्नुभएको छ । मिस नेपालको अन्तिम प्रतिस्पर्धा राजधानीमा शनिबार हुँदै छ ।

दी हिडन ट्रेजरको निम्तोमा मिस माल्टा चेरिस नेपाल आउनुभएको हो । एक साता लामो भ्रमणका लागि मिस माल्टा चेरिससहित पाँच जना आउनुभएको छ । उहाँको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल पर्यटन बोर्डलगायत पर्यटन सम्बद्ध संस्थाका प्रतिनिधि पन्चै बाजासहित पुग्नुभएको थियो । नेपालको पर्यटन प्रवर्धक प्रकाश भण्डारीका अनुसार मिस माल्टा चेरिसको भ्रमणले नेपालको पर्यटन प्रवर्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । भ्रमण टोलीमा मिस माल्टा चेरिससहित केस्टर्न बोर्ग, डेनियल जम्मिट, एलेक्सिया कटजर र क्यारोलिना सिउबोटारु हुनुहुन्छ ।

नेपालमा रहँदा मिस माल्टाको टोलीले विभिन्न गैरसरकारी संस्थासँग मिलेर सामाजिक कार्य गर्ने बताइएको छ । मिस माल्टाको टोली चितवनसहित विभिन्न पर्यटकीय क्षेत्रको भ्रमण गर्ने छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल