alliance khabar

शनिबार, साउन १२, २०८१

ताप्लेजुङ, साउन ११ गते।

ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरणसँगै ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरेको छ। गाउँपालिकाले पालिकाभित्रका लाभग्राहीलाई वडा–वडामा पुगेर भत्ता रकम वितरण गरेको छ भने ६० वर्षमाथि उमेरका ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरेको हो।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत इक्साहाङ सुब्बाका अनुसार साउन ६ गते आइतबारदेखि बिहीबारसम्म एकीकृत घुम्ती शिविर सञ्चालन भएको थियो। गाउँपालिकाको प्रशासकीय केन्द्र रहेको वडा २ थेचम्बुबाहेक प्रत्येक वडामा घुम्ती शिविर सञ्चालन गरिएको थियो। शिविरमार्फत सामाजिक सुरक्षा भत्ता पाउने ५३७ जना लाभग्राहीलाई भत्ता वितरण गरिएको निमित्त प्रशासकीय अधिकृत सुब्बाले जानकारी दिनुभयो।

उहाँका अनुसार ६० वर्षभन्दा माथि उमेर भएका २४६ जना ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको छ। सबैभन्दा बढी वडा ३ तिरिङ्गेमा ६५ जना, त्यसपछि वडा ६ थुम्बेदिनमा ५७ जना र वडा १ नाङ्खोल्याङमा ५३ जना ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको छ। यस्तै वडा ४ डुम्रिसेमा ३१ जना र वडा ५ चाक्सिबोटेमा ४० जना ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको गाउँपालिकाले जनाएको छ।

सामाजिक सुरक्षा भत्ता रकम भने सबैभन्दा वडा ६ थुम्बेदिनमा १६१ जना लाभग्राहीलाई वितरण गरिएको छ। त्यसपछि वडा १ नाङ्खोल्याङमा १२८ जना, वडा ३ तिरिङ्गेमा ९७ जना, वडा ४ डम्रिसेमा ९१ जना र वडा ५ चाक्सिबोटेमा ६० जना लाभग्राहीलाई भत्ता रकम वितरण गरिएको छ। गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बा, सम्बन्धित वडाका जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यर्की लगायतको उपस्थितिमा घुम्ती शिविर सञ्चालन गरिएको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल