alliance khabar

शनिबार, साउन १२, २०८१

काठमाडौँ, साउन ११ गते

लोक सेवा आयोगले शाखा अधिकृत, नायब सुब्बा र खरिदार तहको परीक्षालाई चालु आर्थिक वर्ष २०८१/८२ देखि थप कडाइ गर्ने भएको छ ।

प्रथम पत्र र द्वितीय पत्रको परीक्षाका विषय फरक फरक भएकाले प्रथम पत्रमा परीक्षार्थीले पाएको अङ्क मूल परीक्षाको अङ्कमा जोड्नु सान्दर्भिक नहुने भएकाले आयोगले परीक्षालाई थप कडाइ गर्ने भएको हो । आयोगले सार्वजनिक गरेको पाठ्यक्रममा उक्त व्यवस्था गरिएको जनाएको छ ।

यसअघिसम्म शाखा अधिकृत, नायब सुब्बा र खरिदार तहको प्रथम पत्रमा उत्तीर्ण हुन ४० अङ्क ल्याएमा परीक्षार्थी उत्तीर्ण हुने व्यवस्था थियो । अबदेखि प्रथम पत्रमा उत्तीर्ण हुन ४५ अङ्क ल्याउनुपर्ने व्यवस्था आयोगले गरेको छ ।

आयोगका प्रवक्ता गीताकुमारी हुमागाईंले एक सय पूर्णाङ्कको वस्तुगत प्रश्नका आधारमा लिइने प्रारम्भिक चरणको परीक्षामा ४५ अङ्क ल्याए मात्र द्वितीय पत्रको परीक्षामा सहभागी हुन पाइने व्यवस्था गरिएको बताउनुभयो ।

पहिलो पत्रमा प्राप्त भएको कुल प्राप्ताङ्कको ५० प्रतिशत अङ्क दोस्रो पत्रको प्राप्ताङ्कमा जोडिने व्यवस्था पनि आयोगले चालु आवदेखि नै लागु नहुने गरी पाठ्यक्रम परिमार्जन गरेको छ ।

लिखित परीक्षाको प्रथम चरणमा प्रारम्भिक परीक्षा हुने र यो प्रारम्भिक परीक्षालाई छनोट परीक्षाका रूपमा मात्र लिई प्राप्ताङ्कलाई मूल परीक्षाको अङ्कमा समावेश नगर्ने व्यवस्था गरिएको हुमागाईंले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “लोक सेवा आयोगको परीक्षालाई थप व्यवस्थित र प्रतिस्पर्धी बनाउनका लागि यस्तो व्यवस्था गरिएको हो ।” उक्त व्यवस्था कार्यान्वयनमा आएसँगै प्रथम र द्वितीय पत्रको आआफ्नै अस्तित्व हुने आयोगको जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल