Alliancekhabar

बिहिबार, साउन ०३, २०८१

काठमाडौँ, साउन ३ गते : गत आर्थिक वर्ष २०८०-८१ मा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या झन्डै साढे सात लाख पुुगेको छ । वैदेशिक रोजगार विभागका अनुसार आव २०८०-८१ मा सात लाख ४३ हजार ५९७ जना श्रम स्वीकृति लिएर बिदेसिएका हुुन् ।

आव २०७९-८० मा सात लाख ७१ हजार ३२८ वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएकोमा आव २०८०-८१ मा केही कमी आएको छ । आव २०७९-८० कोभन्दा आव २०८०-८१ मा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या २७ हजार ७३१ हजारले कमी हो ।

वैदेशिक रोजगारीका लागि गत आवमा श्रम स्वीकृति सबैभन्दा धेरै जेठ महिनामा ७२ हजार ८६१ जनाले श्रम स्वीकृति लिएका छन् भने सबैभन्दा कम कात्तिक महिनामा ४३ हजार ६२२ जनाले श्रम स्वीकृति लिएर विदेश गएका छन् ।

यस्तै वैशाख महिना ७० हजार ७३७ जना, चैत महिना ७० हजार ९३३ जना, फागुुन महिना ६५ हजार ७५८ जना श्रम स्वीकृति लिएर बिदेसिएका छन् । त्यसै गरी माघ महिनामा ६२ हजार १४३ जना, पुस महिनामा ६५ हजार ८१३ जना, मङ्सिर महिनामा ६८ हजार २०१ जना, असोज ५७ हजार २३५ जना, भदौ महिनामा ५० हजार ८८४ जना र साउन महिनामा ५५ हजार ५७५ जना श्रम स्वीकृति लिएर विदेश गएका छन् ।

सरकारले श्रम स्वीकृति दिएर विदेश जान अनुमति दिन थालेको ३० वर्षमा चालु पछिल्लो तीन आवमा २१ लाख ४१ हजार युवाले रोजगारी खोज्दै देश छोडेका छन् । तीन वर्षको तथ्याङ्कलाई औसत गर्दा वार्षिक सात लाख १५ हजार नेपाली युवा रोजगारी खोज्दै विदेश गएको देखिन्छ । यो सङ्ख्या पुनः श्रम स्वीकृति लिएर गएका समेतको हो । विदेश जान श्रम स्वीकृति लिनेमा ६४ प्रतिशत नयाँ श्रमिक हुने गरेका छन् भने ३६ प्रतिशत बिदामा आएर पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या हुुने गरेको छ ।

वैदेशिक रोजगारको ३० वर्षको इतिहासमा आव २०७९-८० मा सबैभन्दा बढी सात लाख ७१ हजार ३२८ युवाले विदेश जान श्रमस्वीकृति लिएका थिए ।

वैदेशिक रोजगार विभागले २०५० सालदेखि श्रम स्वीकृति लिएर विदेश जाने श्रमिकको तथ्याङ्क राख्न सुुरु गरेको हो । आव २०७८-७९ मा श्रम स्वीकृति लिएर विदेश जाने श्रमिकको सङ्ख्या छ लाख ३० हजार ९० जना रहेका छन् ।

विभागका निर्देशक गुुरुदत्त सुुवेदीले स्वदेशमा रोजगारीको अवसर नपाएरपछि पछिल्लो समयमा ठुलो सङ्ख्या बाध्यात्मक वैदेशिक रोजगारी जानुुपर्ने अवस्था रहेको बताउनुुभयो ।

स्वदेशमा पर्याप्त आन्तरिक रोजगारीका अवसर नहुँदासम्म बाध्यात्मक रूपमा वैदेशिक रोजगारीमा जाने व्रmम नरोकिने पछिल्ला तीन वर्षमा श्रम स्वीकृति लिएर गएको तथ्याङ्कले पनि पुुष्टि गरेको उहाँको भनाइ छ ।

विप्रेषण तेह्र खर्बभन्दा बढी

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढेसँगै ती श्रमिकले विदेशमा काम गरेर पठाउने विप्रेषण दरमा पनि वृद्धि भएको छ । नेपाल राष्ट्र बैङ्कले असारको अन्तिममा सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालुु आवको ११ महिना (जेठ) सम्म १३ खर्ब २७ अर्ब ५१ करोड रुपियाँ भित्रिएको छ ।

नेपाल राष्ट्र बैङ्कले चालु आवको ११ महिना (२०८० साउनदेखि २०८१ जेठसम्म) को देशको वर्तमान आर्थिक स्थितिसम्बन्धी सार्वजनिक प्रतिवेदन अनुसार ११ महिनामा विप्रेषण १९.३ प्रतिशतले वृद्धि भएको हो ।

गत वर्षको ११ महिनामा विप्रेषण आप्रवाह २२.७ प्रतिशतले बढेको थियो । यो तथ्याङ्क हेर्दा मासिक औसत एक खर्ब २२ अर्ब रुपियाँ भित्रिएको देखिन्छ । यो वर्षको यस अवधिसम्म आएको विप्रेषण गत वर्षको यसै अवधिको तुलनामा २५.३ प्रतिशत धेरै रहेको राष्ट्र बैङ्कले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल