alliance khabar

मंगलबार, आषाढ १८, २०८१

तनहुँ, असार १८ गते ।

२१ औँ राष्ट्रिय धान दिवसका अवसरमा कृषि ज्ञान केन्द्र तनहुँले जिल्लाका उत्कृष्ट चार कृषकलाई सम्मान गरेको छ । सम्मानित हुनेमा कृषिका दुई र पशुपालनका दुई रहेका छन् ।

बन्दीपुर गाउँपालिका–१ स्थित तरकारी खेती गर्ने ढकाल नर्सरी फार्मका सञ्चालक दामोदर ढकाल र धान, मकै, बेमौसमी तरकारी, कफी, घाँस तथा फलफूल खेती गर्ने भानु नगरपालिका–९ का कडरिया एकीकृत कृषि फार्मका सञ्चालक वासुराज कडरिया सम्मानित हुनुभएको हो । ढकालले ७५ रोपनी जमिनमा तरकारी खेती गर्नुभएको छ भने कडरियाले २० रोपनी क्षेत्रमा सबै प्रकारका खेती गर्नुभएको छ ।

पशुपालनतर्फबाट सम्मानित हुनेमा शुक्लागण्डकी नगरपालिका–१० का युनिक मल्टी एग्रो प्रालिका सञ्चालक हरिबहादुर खड्का र व्यास नगरपालिका–११, फराकचौरस्थित गण्डकी नेपाल इन्भेस्टमेन्टकी सञ्चालिका भगवती जिसी हुनुहुन्छ । खड्काले ७५ वटा उन्नत जातका भैँसी, पाँच वटा गाई, सात हजार पाँच सय वटा लोकल कुखुरा पाल्नुभएको छ भने जिसीले ८० वटा उन्नत जातका गाई पाल्नुभएको छ ।

कृषकलाई जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम र कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख गोपाल शर्मा लामिछानेले संयुक्त रूपमा सम्मानपत्र तथा नगद १० हजार प्रदान गर्नुभयो ।

यसैबिच तनहुँलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन खाद्यान्न बाली प्रवर्धन कार्यक्रम सञ्चालन गरिएको छ । कृषि ज्ञान केन्द्र तनहुँले उक्त कार्यक्रम सञ्चालन गरेको हो । जमिन बाँझो राख्ने क्रम बढ्दै जाँदा ठुलो परिमाणमा खाद्यान्न विदेशबाट आयात गर्नु बाध्यता भएकाले कार्यक्रम सञ्चालन गरिएको केन्द्रका सूचना अधिकारी किरण परियारले जानकारी दिनुभयो ।

परियारले भन्नुभयो, “कृषि प्रधान देश भनिए पनि ठुलो परिमाणबाट भारतबाट खाद्यान्न आयात गर्नुपर्ने बाध्यता भएकाले यसलाई कम गर्न नेपाल सरकारले अनुदानको व्यवस्था गरेको हो ।”

कार्यक्रम अन्तर्गत कृषकलाई ५० देखि ८५ प्रतिशतसम्म अनुदानको व्यवस्था गरिएको परियारले जानकारी दिनुभयो । ढुवानी, बिउ, सिँचाइ, उपकरण खरिदमा अनुदानको व्यवस्था गरिएको उहाँले बताउनुभयो । मेसिन खरिदमा ५० प्रतिशत, धानको बिउमा ७५ प्रतिशत अनुदान र सिंचाइ अन्तर्गत कुलो निर्माण तथा मर्मतका लागि ८५ प्रतिशत अनुदानको व्यवस्था गरिएको परियारले जानकारी दिनुभयो ।

परियारका अनुसार जिल्लाको २५ हेक्टर जमिनमा बर्खे खेती गर्न कृषक समूह तथा सहकारीलाई सुविधा लिन आग्रह गरिएको छ । कृषकलाई अनुदानको व्यवस्थाले गर्दा लागत मूल्य घट्ने हुँदा जमिन बाँझो राख्ने क्रम कम हुने अपेक्षा गरिएको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख गोपाल शर्मा लामिछानेले बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल