alliance khabar

सोमबार, आषाढ १०, २०८१

आईसीसी टी-२० विश्वकप अन्तर्गत सुपर-८ को खेलमा अमेरिकालाई हराउँदै इङ्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको छ।

ब्रिजटाउन बार्बाडोसमा गए राति भएको खेलमा इङ्ल्यान्डले अमेरिकालाई १० विकेटले पराजित गरेको हो। यो जितसँगै प्रतियोगिताको सेमिफाइनलमा पुग्ने पहिलो टोली बनेको छ।

अमेरिकाले दिएको ११६ रनको लक्ष्य इङ्ल्यान्डले ९.४ ओभरमै पूरा गरेको हो। इङ्ल्यान्डका लागि जोस बटलरले ३८ बलमा ६ चौका र सात छक्कासहित ८३ रन बनाए। त्यस्तै फिल साल्टले २१ बलमा २५ रनमा बताए।

त्यसअघि ब्याटिङ गरेको अमेरिका १८.५ ओभरमा ११५ रनमा समेटिएको थियो। अमेरिकाका लागि नितिश कुमारले ३० रन र कोरी एन्डरसनले २९ रन बताए। त्यस्तै हर्मित सिंहले २१ तथा स्टेभेन टेलरले १२ रन बनाए।

इङ्ल्यान्डका लागि क्रिस जोर्डनले चार विकेट लिए भने स्याम करन र आदिल राशिदले समान दुई दुई तथा लियम लिभिङस्टोनले एक विकेट लिए।
यस जितसँगै इङ्ल्यान्ड तीन खेलबाट चार अङ्कका साथ सेमिफाइनलमा पुगेको हो। दक्षिण अफ्रिका चार र वेस्ट इन्डिजको दुई अङ्क छ।

अमेरिका भने अङ्कविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। यही समूहमा रहेका दक्षिण अफ्रिका र वेस्ट इन्डिजबीच भइरहेको खेलमा विजेता सेमिफाइनलमा पुग्नेछ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल