alliance khabar

आइतबार, आषाढ ०९, २०८१

काठमाडौँ, असार ९ गते।

गर्मीमा शरीरलाई शीतलता प्रदान गर्ने खानेकुरा खान चिकित्सकको सुझाव छ। जनस्वास्थ्यविद् डा.अरुणा उप्रेतीले गर्मीको समस्याबाट छुटकार पाउन शरीरलाई शीतलता प्रदान गर्ने खानेकुरा खान सुझाव दिनुभएको छ।

गर्मीमा शरीरलाई शीतलता प्रदान गर्ने स्वास्थ्यकर ताजा घरमा बनाएको दालभात, तरकारी जस्ता खानेकुरा खान उहाँको सुझाव छ।

सलादमा मुला, केरा, फलफूलको सर्बत, आँपको जुस, मौसम अनुसारका फलफूल, टुसा उमारेको चना, मटरमा कागती र बिरे नुन हालेर पानी खाँदा खानेकुरा सहजैसँग पचाउन सकिने डा.उप्रेती बताउनुहुन्छ।

उहाँले गर्मीमा कोल्ड ड्रिङ्क्स र फ्रिजको चिसो पानी सकेसम्म नपिउन सुझाव दिनुभएको छ। उहाँका अनुसार कोल्ड ड्रिङ्क्समा अत्यधिक चिनी मिसाइएको हुँदा शरीरका विभिन्न अङ्गमा नकारात्मक असर गर्छ। कोल्ड ड्रिङ्क्स सट्टा घरमा पाइने दही र मोही पिउन उहाँको सुझाव छ। उहाँ भन्नुहुन्छ, ‘दही र मोही अमृत जस्तै पेयपदार्थ हुन्। आधुनिक विज्ञानले पनि दहीमा पाइने लाभदाही कीटाणुले पेटको समस्यालाई समाधान गर्ने पुष्टि गरेको छ। दही र मोहीमा बिरे नुन, जिरा हालेर पिउँदा शरीरलाई थप ऊर्जा प्रदान गर्नुका साथै पानीको कमी हुन दिँदैन।’

गर्मीमा पुदिना पानी मिसाएर पिउँदा पेट स्वास्थ्यलाई लाभदाही हुनुकासाथै रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ।

बेलको सर्बतले गर्मीमा पानीको कमी परिपूर्ति गर्नुका साथै यसमा भएको तत्त्वले शरीरलाई शक्ति प्रदान गर्ने उहाँको भनाइ छ। साथै चनाको सातु पानीमा हालेर गुडसँग खाँदा शरीरलाई फाइदा पुग्ने उहाँले बताउनुहुन्छ। चनाको सातु पानीमा हालेर कागती बिरे नुन मिसाएर खाँदा ‘लु’ लाग्ने सम्भावना कम हुन्छ।

उहाँका अनुसार गर्मीमा दिनमा दुईदेखि तीन लिटर पानीको आवश्यकता पर्छ। फ्रिजको पानीभन्दा माटोको भाँडोमा राखेको पानी पिउनु उपयुक्त हुने उहाँको भनाइ छ।

यो मौसममा शरीरबाट अत्यधिक पसिना बाहिर जाँदा शरीरमा सोडियमको कमी हुने गर्छ। यसको परिपूर्ति बिरे नुनले गर्ने हुँदा पेयपदार्थमा मिसाएर प्रयोग गर्न उहाँको सुझाव छ।

गर्मीमा आइक्रिमले स्वास्थ्यलाई फाइदा नगर्ने हुँदा यसको प्रयोग नगर्न उहाँको सुझाव छ। उहाँ भन्नुहुन्छ, ‘बालबालिकालाई बट्टाको जुस, आइसक्रिम, चकलेट, जस्ता खानाले मुटु, कलेजो, आन्दा बिगार्नुका साथै मतिष्कमा असर गर्छ। सानैदेखि गुलियो पेय पदार्थको पिउने बानीले बालबालिकामा विभिन्न प्रकारका नसर्ने रोगका सिकार हुनुका साथै हड्डी कमजोर बनाउने गर्छ।’

यस्ता खानेकुरा खुवाउनुभन्दा बालबालिकालाई बेलाबेलामा चिसो सुप, दाल तरकारीको झोल, कागती पानी र अमला जुस बनाएर खुवाउन उहाँको सुझाव छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल