Alliancekhabar

आइतबार, आषाढ ०२, २०८१

तानसेन, असार २ गते : पाल्पामा स्कार्पियो दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । जिल्लाको निस्दी गाउँपालिका–४, स्थित झ्याङ्लिङ् सडक खण्डमा आइतबार बिहान सवा ४ बजेतिर दुर्घटना हुँदा नौ जना घाइते भएका हुन् ।

होराइजन डेन्टल रामपुर अस्पतालद्वारा सञ्चालित भीरपानी डेन्टल शिविरमा गई फर्कने क्रममा बा. १५ च ५९४ नम्बरको स्कार्पियो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।

घाइते हुनेमा रामपुर–५, का २१ वर्षीय डोल्मा खण्डाल, सोही स्थानकी २८ वर्षकी रचना राना, चालक ३० वर्षका मोहन अर्याल र ३४ वर्षका शङ्कर श्रेष्ठको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

यस्तै रामपुर–५, पाल्पाकी अनिशासिंह ठकुरी, ममता श्रेष्ठ, सविता राना, श्रृया रुचाल, दीपा हिस्कीमगरको अवस्था सामान्य छ । उनीहरूलाई रामपुर अस्पतालबाट थप उपचारका लागि तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा रिफर गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल