Alliancekhabar

शुक्रबार, जेठ ३२, २०८१

हुम्ला, जेठ ३२ गते : काठमाडौँबाट रसुवागढी हुँदै केरुङ नाकाबाट तिब्बती मार्ग भएर हिल्सादेखि सिमकोटसम्म आउनुपर्ने खाद्यान्न ढुवानी कार्य सुरु भएको छ । दुई दिन अगाडि काठमाडौँबाट ढुवानी सुरु भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको ढुवानी अनुदानको उक्त खाद्यान्न बिहीबार केरुङबाट हिल्सा नाकाका लागि ढुवानी सुरु भएको हो ।

खाद्यान्न ढुवानीसँगै रहनु भएका लिमिटेड हुम्ला शाखाका नायब सुब्बा नवीन आचार्यले रसुवागढीबाट केरुङ नाका हुँदै हिल्साका लागि खाद्यान्न चिनियाँ गाडीमा ढुवानी सुरु भएको बताउनुभयो । लिमिटेडले हुम्लाका लागि उक्त नाका भएर पनि खाद्यान्न ढुवानी गर्दै आएको छ । सो मार्ग भएर यस आर्थिक वर्षमा पाँच हजार क्विन्टल खाद्यान्न कोटा थियो । उहाँले पहिले हिमपातले सडक अवरुद्ध भएको र  हाल बाटो पनि खुलेको तथा दूतावासबाट कागजात मिलाउने कार्य भएपछि खाद्यान्न ढुवानी सुरु गरिएको बताउनुभयो ।

उहाँले केरुङ नाकाबाट तिब्बती मार्ग भएर चिनियाँ मालवाहक गाडीले पाँच दिन लगाएर खाद्यान्न हिल्सामा पुर्‍याउने र हिल्साबाट नेपाली यातायातका साधनबाट नाम्खा गाउँपालिका केन्द्र याल्वाङ र सिमकोटमा ढुवानी कार्य गरिने बताउनुभयो । जिल्लामा ढुवानी भएर आउने कुल खाद्यान्नमध्ये एक हजार क्विन्टल नाम्खा गाउँपालिकाका लागि याल्वाङमा छोडिने र चार हजार क्विन्टल सिमकोटका लागि ढुवानी हुनेछ । यसका लागि लिमिटेडले थापाथली हुँदै याल्वाङसम्म प्रतिकेजी ४८ रुपियाँ र  सिमकोटसम्म प्रतिकेजी ६२ रुपियाँमा ढुवानी दर तिर्नेछ ।

यो खाद्यान्न सप्लायरमार्फत ढुवानी भएको हो । चिनियाँ दश वटा मालवाहक गाडीले प्रति गाडी पाँच सय क्विन्टल खाद्यान्न हिल्सासम्म ढुवानी गर्नेछन् । यो खाद्यान्न सिमकोट र याल्वाङमा ढुवानी भएर आइपुगे खाद्यान्न भण्डारण अझै मजबुत हुनेछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल