Alliancekhabar

शुक्रबार, जेठ ३२, २०८१

अछाम, जेठ ३२ गते : चिल्तडा पुलमा जोखिमपूर्ण रूपमा पुलमा अड्किएका खच्चरलाई उद्धारमा साहसिक कार्य गरेको भन्दै दुई जना प्रहरीलाई सुदूरपश्चिम प्रहरीले पुरस्कृत गरेको छ । पुरस्कृत हुनुहुनेमा इलाका प्रहरी चौकी कालेकाँडामा कार्यरत प्रहरी सहायक निरीक्षक (असइ) रामसिंह फराल र प्रहरी हवलदार गङ्गाराम चौधरी डगौरालाई नगदसहित सम्मान गरिएको हो ।

उच्च अनुशासनमा रही अदम्य साहसका साथ कर्तव्यनिष्ठ भई उल्लेखनीय कार्य सम्पन्न गरेको भन्दै दुई जनालाई सम्मान गरेको अछाम प्रहरी निरीक्षक अर्जुन साउदले जानकारी दिनुभयो । ‘हामीले पनि सम्मान गर्न भनेका थियौ, प्रदेशबाटै दुई जनालाई सम्मान गरिएको हो ।’ निरीक्षक साउँदले भन्नुभयो । सुदूरपश्चिम प्रदेश प्रहरी नायब महानिरीक्षक रवीन्द्र केसीले दुई जना प्रहरीलाई प्रहरी अभिलेखमा जनाइने गरी पुरस्कृत गर्नुभएको हो ।

आइतबार अछामको पञ्चदेवल विनायक नगरपालिका–९ कालेकाडाबाट दैलेखको आठबिस नगरपालिका–४ खिड्किज्यूलामा खाद्यान्न लिन गएका १३ खच्चड झोलुङ्गे पुलको लट्ठा चुँडिएर फसेका थिए । पुलमा अड्केका खच्चरलाई फराल र चौधरी सहितको प्रहरी टोलीले जोखिमपूर्ण रूपमा डोरीको सहायताले कर्णाली नदीमा खसालेको थियो ।

करिब ८ घण्टा पुलमा फसेका खच्चरलाई कर्णाली नदीमा खसालिएका १३ मध्ये दुई खच्चर भने मरेका थिए । अन्यलाई उद्धार गरेर अहिले उपचार भइरहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल