Alliancekhabar

बिहिबार, जेठ ३१, २०८१

बुटवल, जेठ ३१ गते : लुम्बिनी प्रादेशिक अस्पतालको आफ्नै ब्लड बैङ्क नहुँदा बिरामीको उपचारमा ढिलाइसँगै कठिनाइ पनि हुने गरेकाले अस्पतालभित्रै ब्लड बैङ्क स्थापना गर्न माग गरिएको छ । रुपन्देहीका रक्तदाताले बुटवलमा सबैभन्दा धेरै रगतको माग लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि भर्ना भएका बिरामीकै लागि हुने गरेकाले अब अस्पतालले आफ्नै ब्लड बैङ्क स्थापना गर्न माग गरेका हुन् । नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीले मङ्गलबार लुम्बिनी प्रादेशिक अस्पतालका नवनियुक्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. इन्द्र ढकालसँग भेट गरी बिरामीको उपचारमा सहजताका लागि आफ्नै ब्लड बैङ्क स्थापना गर्न माग गरेका हुन् ।

नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले प्रादेशिक अस्पतालमा ब्लड बैङ्क खोल्न सकिने धेरै सम्भावना रहेको बताउँदै ब्लड बैङ्क स्थापना भयो भने बिरामीले छिटोभन्दा छिटो उपचार सेवा पाउने बताउनुभयो ।

अध्यक्ष क्षेत्रीले एक सय शय्या भएका अस्पतालले आफ्नै ब्लड बैङ्क खोल्न पाउने प्रावधान रहेकाले लुम्बिनी प्रादेशिक अस्पतालले ब्लड बैङ्क स्थापना गर्न माग गरेको बताउनुभयो ।

बुटवलमा नेपाल रेडक्रस सोसाइटीको व्यवस्थामा रहेको ब्लड बैङ्कले बिरामीका लागि आवश्यक पर्ने रगतको माग धान्न नसकेकाले अस्पतालको आफ्नै ब्लड बैङ्क स्थापना गर्न रक्तदाता समाजले माग गरेको हो । रक्तसञ्चार नीति २०७१ मा नेपाल सरकारले स्वास्थ्य मन्त्रालय अन्तर्गत ब्लड ब्युरो गठन गरी रक्तजन्य कार्यको व्यवस्थापन गर्ने जिम्मेवारी सरकारी अस्पताललाई दिएको छ ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका  मेडिकल सुपरिन्टेन्डेन्ट डा. इन्द्र ढकालले नेपाल स्वयंसेवी रक्तदाता समाजले धेरै राम्रो विषय उठान गरेको भन्दै यस विषयमा पहिले पनि छलफल भएको र अब छिट्टै जनशक्ति व्यवस्थापन गरी काम गरिने बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल