Alliancekhabar

बिहिबार, जेठ ३१, २०८१

काठमाडौँ, जेठ ३१ गते :  संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले चक्रपथको कलङ्की–चाबहिल सडकखण्ड निर्माण सम्पन्न माग गर्दै संसद्मा सङ्कल्प प्रस्ताव दर्ता गरेका छन् ।

नेपाली कांग्रेसको तर्फबाट काठमाडौँ क्षेत्र नं ५ बाट निर्वाचित सांसद प्रदीप पौडेल प्रस्तावक तथा कांग्रेस सांसदहरु गगनकुमार थापा, प्रतिमा गौतम, सन्तोष चालिसे, राजेन्द्रकुमार केसी, सपना राजभण्डारी, अम्बिका बस्नेत र रास्वपाका सांसद शिशिर खनाल, गणेश पराजुली र सोविता गौतमले आज संसद्मा सार्वजनिक महत्वको सङ्कल्प प्रस्ताव दर्ता गर्नुभएको हो ।

काठमाडौँबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने कांग्रेस र रास्वपाका सांसदले सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयलाई सार्वजनिक महत्वको सङ्कल्प प्रस्ताव बुझाएका हुन् । नेपाल र चीन सरकारबीच चक्रपथको कलङ्की–चाबहिल सडकखण्ड निर्माण गर्ने सहमति भएको थियो । दुवै सरकारबीच भएको समझदारीअनुरूप विस्तार कार्य हुने वा नहुने अन्यौलता हटाई चक्रपथ विस्तारको कार्यलाई सुनिश्चित गर्न, अस्तव्यस्त सडक र आसपासको वातावरणीय प्रदूषण कम गर्न, सवारीसाधन आवतजावत तथा ट्राफिक व्यवस्थापन गर्न सङ्कल्प प्रस्तामा माग गरिएको कांग्रेस सांसद पौडेलले बताउनुभयो ।

आमनागरिकको स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार सुनिश्चित गर्न र सहरी सुन्दरताको पुनरावृत्ति गर्न चक्रपथ कलङ्की धोबीखोला–चाबहिल विस्तार अविलम्ब सञ्चालन गर्नुपर्ने आवश्यकतालाई सम्बोधन गर्न आग्रह गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल