alliance khabar

मंगलबार, जेठ २९, २०८१

२०८१ जेठ २९

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्याल र कतारका श्रम मन्त्री H.E. Mr. Ali SAMIKH AL MARRI द्धिपक्षीय भेटवार्ता भएको छ । जेनेभामा जारी अन्तराष्ट्रिय श्रम संगठन (आईएलओ) को ११२ औं अन्तराष्ट्रिय श्रम सम्मेलन (आईएलसी) मा सहभागी हुने क्रममा मंगलबार कतारका समकक्षी बीच भेटवार्ता भएको हो । भेटमा दुवै मुलुक बीचको श्रम सम्बन्धमा छलफल भयो ।

छलफलमा श्रममन्त्री अर्यालले नेपाली श्रमिकको सीप विकासमा सहयोग गर्न आग्रह गरे । “हामी अहिले नेपाली श्रमिकको सीप विकासमा केन्द्रित छौ । वैदेशिक रोजगारीमा जाने श्रमिकलाई पनि सीप सिकाएर पठाउन चाहन्छौ । ताकी उनीहरुले उच्च पारिश्रमिक र सुरक्षित कार्यस्थलमा काम गर्ने अवसर पाउन सकुन्,” उनले भने ।

त्यस्तै, नेपाल र कतार बीचको श्रम सम्झौताका लागि दुवै मुलुकका प्राविधिक समूह बीच समन्वय गराउनु पर्नेमा पनि जोड दिए ।

छलफलमा कतारका श्रममन्त्रीH.E. Mr. Ali SAMIKH AL MARRIले नेपाली समुदायको प्रसंसा गर्दे नेपाली श्रमिकले कतारमा निर्माणको क्षेत्रको अलावा सेवा, यातायात, सन्चार र स्वास्थ्य क्षेत्रमा पनि केन्द्रित हुन आग्रह गरे । त्यस्तै, कतार आप्रवासी श्रमिकका लागि बिमा, पारिश्रमिक र श्रमिक अधिकारलाई सुनिश्चित गरेको बताए । त्यस्तै, कतार र नेपाल बीचको श्रम सम्झौतामा उनले चासो समेत व्यक्त गरे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल