Alliancekhabar

आइतबार, जेठ २७, २०८१

सुलीकोट, जेठ २७ गते : गोरखामा गत साउनदेखि जेठसम्म ५१ जनाले नेपाली नागरिकता त्यागेका छन् । विशेष गरी रोजगारीको सिलसिलामा विदेश गएर केही वर्षको प्रयासपछि त्यस देशको पी आर अर्थात् नागरिकता प्राप्त गरिसकेपछि नेपाली नागरिकता त्याग्ने गरेको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ ।

नेपालीले पहिलो रोजगारी साथै त्यसो नभए अध्ययनको लागि अवसर खोजी गर्दै उतैको नागरिकता लिन सफल भएपछि नेपालको कानुन अनुसार नागरिकता त्याग्नु स्वाभाविक भएको जिल्ला प्रशासन कार्यालय गोरखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले बताउनुभयो ।

उहाँका अनुसार कानुन त दुई देशका नागरिकता लिन नपाइने भएपछि विदेशीको नागरिकता हातमा पारेपछि नेपाली नागरिकता त्याग्नेको सङ्ख्या बढिरहेको छ । ११ महिनाको अवधिमा गोरखाका दुई नगरपालिका गोरखा नगरपालिका र पालुङटार नगरपालिकामा सबै भन्दा बढी ९ ÷९ जनाले नागरिकता त्यागेका छन् ।

त्यसपछि सिरानोक गाउँपालिका र गण्डकी गाउँपालिकाका ७÷७ जनाले नागरिकता त्याग गरेका छन् । त्यसै गरी सहिद लखन गाउँपालिकाको ५ जना, अजिरकोटको गाउँपालिकाको ३ जना, बारपाक सुलीकोट गाउँपालिकाको ३ जना, चुमनुब्री गाउँपालिका ३ जना, आरुघाट गाउँपालिका ३ जना, भीमसेन थापा गाउँपालिकाका २ जनाले नागरिकता त्यागेका छन् भने विकट गाउँपालिका धार्चेका कसैले पनि नेपाली नागरिकता त्यागेका छैनन् ।

नेपाली नागरिकता त्यागेर सबैभन्दा बढी अमेरिका, बेलायत र बेल्जियमको नागरिकता लिने बढी छन् । नेपालका कैयाैं नेपालीहरूले विदेशको नागरिकता लागि एप्लाई गरिरहेका हुन्छन् । उताको एप्लाई सफल हुने बित्तिकै नेपाली नागरिकता त्यागको प्रक्रिया अघि बढाउँछन् ।

नागरिकता त्याग गर्न आउनेहरू उतैको नागरिकता लिइसकेको र विदेशमै व्यापार व्यवसाय गरेको भन्दै नेपाली नागरिकता त्याग्ने गरेको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ । विदेशमोहले गर्दा स्वर्गजस्तो जन्मभूमिलाई चटक्कै माया मारेर विदेशमा धेरै वर्ष कठिन दुःखकष्ट गरेर नागरिकता लिन हदैसम्म कष्ट गर्ने गरेका छन् ।

कुनै पनि नेपालीले नागरिकता त्याग गर्न चाहेमा नागरिकता ऐन २०६३ को दफा १० बमोजिम र सोही ऐनको अनुसूची ९अनुसार दूताबास, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन सक्ने व्यवस्था छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल