Alliancekhabar

शनिबार, जेठ २६, २०८१

रामेछाप, जेठ २६ गते   : विद्यार्थी नभएपछि रामेछापको मन्थली नगरपालिका–२, टेकानपुरमा सञ्चालित एउटा विद्यालय बन्द गरिएको छ । उक्त वडामा रहेको ताम्राकौशिका आधारभूत विद्यालय नगरको सामुदायिक शिक्षा सुधारका लागि बनाइएको मापदण्ड अनुसार विद्यार्थी नभएपछि बन्द गरिएको हो ।

नगर शिक्षा समितिले बनाएको मापदण्ड अनुसार विद्यार्थी नभएपछि ताम्राकौशिका आविलाई बालकन्या आविमा समायोजन गरी बाल ताम्राकौशिका आवि नामकरण गरी सञ्चालन गरिएको मन्थली नगरपालिका–२ का वडाध्यक्ष सुरेन्द्रबहादुर कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “ताम्राकौशिका आवि र बालकन्या आविको व्यवस्थापनका विषयमा सरोकारवालासँग छलफल गरिएको छ । दुवै विद्यालयलाई समायोजन गरी बालकन्या आवि भएको स्थानमा बाल ताम्राकौशिका आवि राख्ने निर्णय भएको छ । अहिले विद्यालयका लागि आवश्यक भौतिक संरचना निर्माण गर्न जग्गा व्यवस्थापनको काम भइरहेको छ ।” वडाले ताम्राकौशिका आधारभूत विद्यालयको भवनमा स्वास्थ्य चौकी सञ्चालन गर्ने तयारी गरिरहेको वडाध्यक्ष कार्कीले बताउनुभयो ।

नगरपालिकाले विद्यार्थी सङ्ख्या नपुगेका आठ वटा सामुदायिक विद्यालयको तह घटुवा गरेको छ । सामुदायिक शिक्षा सुधारका लागि नगर शिक्षा समितिले तोकेको मापदण्डभन्दा थोरै विद्यार्थी भएका सामुदायिक विद्यालयको कक्षा घटाएको हो । विद्यार्थी अभाव झेल्दै आएका आधारभूत र माध्यमिक गरी आठ वटा विद्यालयमा कक्षा घटाइएको र विद्यार्थी सङ्ख्या न्यून भएका दुई वटा विद्यालयलाई बाल विकास केन्द्रका रूपमा सञ्चालन गर्ने समितिले निर्णय गरेको मन्थली नगरपालिकाका सामान्य प्रशासन तथा सामाजिक विकास महाशाखा प्रमुख हेमन्त बुढाथोकीले बताउनुभयो । “यो शैक्षिक सत्रबाट विद्यार्थी सङ्ख्या न्यून भएका वडा नं. ३ मा रहेको कालीदेवी आधारभूत विद्यालय र वडा नं. ७ मा रहेको नवचन्द्र आधारभूत विद्यालयलाई यसअघि सञ्चालन हुने कक्षा घटाएर बाल विकास केन्द्रका रूपमा सञ्चालन गर्ने निर्णय भएको छ,” उहाँले भन्नुभयो ।

नगरपालिकाले वडा नं. ४ मा रहेको भीमेश्वर आवि, वडा नं. ५ मा रहेको शिवज्योति आविमा कक्षा ४ र ५ घटाउने निर्णय गरेको छ । त्यसै गरी वडा नं. ६ मा रहेको कालिका मावि, वडा नं. ११ मा रहेको मनकामना मावि, वडा नं. १० मा रहेको हरिसिद्धि मावि, वडा नं. १४ मा रहेको हरिसिद्धि मावि चौकीघरमा कक्षा ९ र १० घटुवा गर्ने निर्णय भएको छ । वडा नं. ९ को पुण्य आवि र वडा नं. १३ को साँखे आविमा कक्षा ६ देखि ८ सम्म घटुवा गर्ने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल