Alliancekhabar

शनिबार, जेठ २६, २०८१

तम्घास, जेठ २६ गते : गुल्मीमा २३ जना कृषकहरू मिलेर ५४० रोपनी क्षेत्रफलमा सामूहिक किवी खेती गरेका छन् । जिल्लाको काली गण्डकी गाउँपालिका वडा नम्बर एक सिरकोटमा वर्षौँ देखी बाँझिएको जग्गालाई सदुपयोग गर्दै ५४० रोपनी क्षेत्रफलमा व्यवसायी रूपमा किवी खेती गरेका हुन् ।

वर्षौँ देखी बाँझिएर खेर गइरहेको जग्गालाई सदुपयोग गरी ५४० रोपनी क्षेत्रफलमा छ हजार ७०० बिरुवा रोपण गरी व्यवसायी रूपमा किवी खेती गरिएको उन्नतिशील कृषि फलफूल तथा पशुपक्षी कृषक समूहका अध्यक्ष पदमपानी पाण्डेले बताउनुभयो ।

पहिले सुरुमा किवी खेतीको बारेमा सुनेको मात्रै भए पनि पछि यसबाट राम्रो आम्दानी लिन सकिन्छ भन्ने उद्देश्यका साथ आफूहरूले समूह नै बनाएर सामूहिक किवी खेतीको सुरुवात गरेको उहाँको भनाई छ ।

वर्षौँदेखि बाँझो रहेको जग्गामा अहिले किवी खेतीले हराभरा भएको र जग्गाको पनि सदुपयोग भएको समूहकी सदस्य तथा कृषक मनकुमारी रानाले बताउनुभयो ।

पछिल्लो समयमा युवा शक्ति विदेश पलायन हुने गरेको र देशमा सम्भावना भए पनि सम्भावनाको

खोजीमा लाग्ने चेष्टा नगरेको समूहका सदस्य तथा कृषक लक्ष्मीपति न्यौपाने बताउनुहुन्छ । आफूहरूले देशका विभिन्न स्थानमा गरिएको किवी खेतीको बारेमा अध्ययन अवलोकन गरी सिरकोटमा पनि सम्भावना देखेर किवी खेती गर्ने आँट लिएको उहाँको भनाई छ । आफूहरूले गरेको किवी खेती हेर्नका लागि विभिन्न स्थानहरूबाट कृषक समूह , सहकारीहरू आउने गरेको र आफूहरूले गर्दै आएको किवी खेतीका बारेमा अनुभव आदान प्रदान गर्दै आएको न्यौपानेले बताउनुभयो ।

युवाहरूलाई विदेश जानुभन्दा पनि स्वदेशको माटोबाटै मनग्य उत्पादन र आम्दानी गर्न सकिने भएकाले अर्काको देशमा जानका लागि रहर नगर्न र स्वदेशमा नै रहेको सम्भावनाको खोजीमा लाग्न उहाँले सुझाव दिनुभयो । पैसा र आम्दानी खाडीमा भन्दा पनि स्वदेशकै झाडीमा रहेको उहाँको दाबी छ ।

किवी खेतीका लागि पहाडी भू भाग भएकाले सिँचाइको समस्या रहेको सो समूहका सदस्य तथा कृषक तिलक राना बताउनुहुन्छ ।

अहिले पहिलो पटक केही बिरुवाहरूले उत्पादन दिन थालेको बताउँदै भविष्यमा आफूहरूको पेन्सन नै किवी हुने उहाँको भनाई छ ।

अहिले उक्त स्थानमा किवी खेतीका लागि पोल निर्माणका साथै ताजा तरकारी र साना सिञ्चाइकालागि २८ लाख रुपियाँको काम भएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताउनुभयो ।

पछिल्लो समयमा किवी खेतीबाट राम्रो अम्दानी हुने भएपछि किसानहरू यसतर्फ आकर्षित भएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताउनुभयो ।

जिल्लामा ६५ हेक्टर क्षेत्रफलमा किवीका बिरुवा लगाइको छ भने २० हजार हेक्टर भन्दा बढी क्षेत्रफलमा लगाइएका बिरुवाले उत्पादन दिएको ज्ञान केन्द्रले जनाएको छ ।

२०६४ सालमा भार्सेका कृषकले सङ्खुवासभाबाट किवीका बिरुवा ल्याएर लगाएकाले जिल्लामै पहिलो पटक भार्सेबाट किवी खेतीको सुरुवात भएको मानिन्छ ।

समुद्री सतहदेखि एक हजार दुई सय मिटर भन्दा माथिको भूभागमा किवी खेती हुने गर्दछ । जिल्लामा एक हजार दुई सय मिटर माथिका भू भाग धेरै रहेकाले किवी खेतीका लागि राम्रो सम्भावना रहेको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ ।

जिल्लाको काली गण्डकी, चन्द्रकोट, सत्यवती, मुसिकोट, रेसुङ्गा नगरपालिकालगायत जिल्लाका १२ वटै स्थानीय तहमा खेती गर्न योग्य स्थान छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल