Alliancekhabar

बिहिबार, जेठ २४, २०८१

रुकुम पश्चिम, जेठ २४ गते : रुकुम पश्चिमका छ वटा स्थानीय तहको बेरुजु ३२ करोड ९८ हजार रुपियाँ देखिएको छ । महालेखा परीक्षकको कार्यालयको ६१ औँ वार्षिक प्रतिवेदन, २०८१ मा उक्त बेरुजु रकम सार्वजनिक भएको हो ।

आर्थिक वर्ष ०७९-०८० मा गरिएको लेखा परीक्षणको आधारमा उक्त बेरुजु रकम निकालिएको हो । प्रतिवेदन अनुसार सबैभन्दा कम बेरुजु सानीभेरी गाउँपालिकाको रहेको छ भने सबैभन्दा बढी आठबिसकाेट नगरपालिकाको देखिएको छ ।

सानीभेरी गाउँपालिकाको एक करोड ५२ लाख ४४ हजार रुपियाँ बेरुजु देखिएको छ भने त्रिवेणी गाउँपालिकाको तीन करोड २९ लाख तीन हजार देखिएको छ । त्यसै गरी मुसिकोट नगरपालिकाको तीन करोड ५७ लाख ३२ हजार र बाँफिकोट गाउँपालिकाको पाँच करोड १६ लाख ४६ हजार रुपियाँ बेरुजु छ ।

चौरजहारी नगरपालिकाको बेरुजु सात करोड ८० लाख ७६ हजार देखिएको छ भने आठबिसकोट नगरपालिकाको १० करोड ६४ लाख ९७ हजार रुपियाँ बेरुजु देखिएको छ ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनको व्यवस्थाबमोजिम प्रचलित कानुनबमोजिम पुर्‍याउनुपर्ने रीत पुर्‍याइन कारोबार गरेको वा राख्नुपर्ने लेखा नराखेको तथा अनियमित वा बेमनासिब तरिकाले आर्थिक कारोबार गरेको भनी लेखा परीक्षण गर्दा औँल्याएको कारोबारलाई महालेखा परीक्षक कार्यालयले बेरुजुका रूपमा परिभाषित गर्छ ।

बेरुजुलाई असुल गर्नुपर्ने, नियमित गर्नुपर्ने र पेस्की गरी तीन वर्गमा वर्गीकरण गरिन्छ । महालेखाले वर्गीकरण गर्दा असुल गर्नुपर्ने बेरुजुमा हिनामिना र फर्स्योट, हानि नोक्सानी र अन्य असुल गर्नुपर्ने बेरुजु समावेश गरेको छ । नियमित गर्नुपर्ने बेरुजुलाई अनियमित भएको, प्रमाण कागजात पेस नभएको, जिम्मेवारी नसारेको र शोधभर्ना नलिएको गरेर वर्गीकरण गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल