Alliancekhabar

आइतबार, जेठ २०, २०८१

अमेरिका (डालास), जेठ २० गते : आयोजक अमेरिकाले आइसिसी टी-२० विश्वकप क्रिकेटमा विजयी सुरुवात गरेको छ ।

डालासस्थित गान्ड पिएरे रङ्गशालामा आइबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा अमेरिकाले क्यानडालाई सात विकटले हरायो ।

जितका लागि एक सय ९५ रनको बलियो लक्ष्य पछ्याएको अमेरिकाले १७.४ ओभरमा तीन विकेटको क्षतिमा एक सय ९७ रन जोड्दै लक्ष्य पूरा गरेको हो । जितसँगै समूह ‘ए’ मा रहेको अमेरिकाले दुई अङ्क बनाएको छ ।

अमेरिकाको जितमा आरोन जोन्सले सर्वाधिक अविजित ९४ रन बनाउनुभयो । उहाँले ४० बलमा चार चौका र १० छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो ।

यस्तै एन्ड्रिस गौसले ६५ र कप्तान मोनांक पटेल डिलोन हेलिगरले १६ रन बनाउनुभयो । स्टिभ टेलर शून्य रनमा एलबी डब्लू धरापमा पर्नुभयो । बलिङमा क्यानडाका कलिम साना, निखिल दत्त र डिलोन हेलिगरले एक एक विकेट लिनुभयो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको क्यानडाले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ९४ रन बनाएको थियो । क्यानडाका ओपनर नवनीत धालिवालले सर्वाधिक ६१ रन बनाउनुभयो । उहाँले ४४ बलमा ६ चौका र तीन छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो ।

यस्तै निकोलस किर्टोनले ५१, ओपनर नवनित धालिवालले ४३, श्रेयस मोभ्भाले ३२, आरोन जोनसनले २३ र र दिलप्रीत बजुवाले ११ रन बनाउनुभयो ।

बलिङमा अमेरिकाका कोरी एण्डरसन, अली खान र हरम्रीत सिंहले एक एक विकेट लिनुभयो । अमेरिकाले समूहको दोस्रो खेल जुन ६ तारिख पाकिस्तानसँग खेल्नेछ । समूह ‘ए’ मा अमेरिका, पाकिस्तान, क्यानडा, भारत र आयरल्यान्ड रहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल