Alliancekhabar

आइतबार, जेठ २०, २०८१

खजुरा, जेठ २० गते : बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ६ का सहित तथा द्वन्द्वपीडित परिवारलाई मेलमिलाप प्रवर्द्धन अभिमुखीकरण प्रदान गरिएको छ ।

सहित तथा द्वन्द्वपीडित कार्यक्रमअन्तर्गत शान्ति सद्भाव तथा मेलमिलाप प्रवर्द्धन अभिमुखीकरण प्रदान गरिएको ६ नम्बर वडाका अध्यक्ष लवराज खरेलले जानकारी दिनुभयो । तत्कालीन द्वन्द्वकालमा वडा भित्र रहेका बेपत्ता, घाइते तथा सहिद गरी ३५ द्वन्द्वपीडित परिवारलाई दुई दिने मेलमिलाप प्रवर्द्धन अभिमुखीकरण प्रदान गरिएको उहाँले जानकारी दिनुभयो ।

तत्कालीन समयमा सरकार पक्ष र विद्रोही पक्ष दुवै पक्षबाट पीडित बनेका द्वन्द्वपीडित परिवारले एकले अर्को पक्षलाई हेर्ने दृष्टिकोण अझै पनि सकारात्मक नदेखिएको वडाध्यक्ष खरेलले बताउनुभयो । एउटै समाजमा बस्ने तर एक पक्षले अर्को पक्षलाई हेर्ने दृष्टिकोणमा अझै पूर्णरुपमा सकारात्मक नदेखिएको हुँदा दुवै पक्षबाट पीडित बनेका द्वन्द्वपीडित परिवारलाई एकै ठाउँमा राखेर मेलमिलापमार्फत् सकारात्मक बन्नुपर्छ भन्ने सन्देश दिनका लागि यस्तो कार्यक्रम गरिएको उहाँको भनाइ छ ।

सहिद तथा द्वन्द्वपीडित परिवारलाई हेर्ने तथा रेखदेख गर्ने जिम्मेवारी सरकारको उत्तरदायीत्व भएको हुँदा स्थानीय वडा सरकारले कार्यक्रममा सहभागी हुनुभएका वडाका ३५ सहिद तथा द्वन्द्वपीडित परिवारलाई एक एक वटा छाता र एक एक वटा त्रिपाल वितरण गरिएको वडाध्यक्ष खरेलले जानकारी दिनुभयो ।

वडा कार्यालयको एक लाख ५० हजार रुपियाँको आर्थिक सहयोगमा उत्तरहब्रहवा सिधनवा टोल विकास संस्थाले शुक्रबार र शनिबार गरी दुईदिने उक्त कार्यक्रमको आयोजना गरेको ६ नं. वडा कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल