Alliancekhabar

बिहिबार, जेठ १७, २०८१

सर्लाही, जेठ १७ गते : सर्लाही प्रहरीले नेपाल–भारत सीमा क्षेत्रमा खुलेका अवैध घरेलु मदिरा व्यवसाय (भट्टी) नष्ट गर्ने कार्यलाई तीव्रता दिएको छ ।

सीमा क्षेत्रका एकान्त ठाउँमा घरेलु मदिरा उत्पादन गरेर बिक्री वितरण तथा सेवन गराइँदा विभिन्न किसिमका दुर्घटना र अपराध बढ्न थालेको भन्दै प्रहरीले भट्टी भत्काउने अभियान चलाएको हो । जिल्ला प्रहरी कार्यालयले मातहतका एकाइलाई आफ्नो क्षेत्रमा खुलेका भट्टी तत्काल नष्ट गर्न निर्देशन जारी गरेको छ ।

सर्लाहीका प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंहले तीन साताको अवधिमा करिब दुई दर्जन भट्टी भत्काएर ठुलो परिमाणमा उत्पादित घरेलु मदिरा र मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ नष्ट गरिएको जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी भाडसरबाट खटिएको टोलीले बुधबार मात्रै मलङ्गवा नगरपालिका–५, भाडसरस्थित भारतीय सीमा नजिक रहेका १३ वटा भट्टी नष्ट गरेको छ ।

प्रहरीले त्यस स्थानमा घरेलु मदिरा बनाउन प्रयोग गरिने सात हजार लिटर कच्चा पदार्थ समेत नष्ट गरिएको दाबी गरेको छ । रक्सी बनाउन प्रयोग भएका भाँडा प्रहरीले बरामद गरेको छ ।

सीमा क्षेत्रका भट्टीकै कारण नेपाल–भारत दुवैतर्फ अपराधका घटना बढेको निष्कर्षसहित भट्टी नष्ट गर्न प्रहरी परिचालित भएको प्रहरी उपरीक्षक सिंहले बताउनुभयो । “बोर्डर क्षेत्रमा खुलेका यी भट्टीकै कारण कुटपीट, दुर्घटना र अन्य अपराधका घटना बढेको देखिन्छ,” प्रहरी उपरीक्षक सिंहले भन्नुभयो, “भारतीय प्रहरीले समेत उनीहरुको नागरिकले नेपालमा आएर रक्सी सेवन गरिरहेको भन्दै भट्टी नष्ट गर्न सल्लाह दिएपछि हामी यसमा लागिपरेका छौँ ।”

सीमापारी भारतीय भूमीमा मदिरा बिक्री वितरणमै रोक लगाइएकाले भारतीय नागरिक नेपालतर्फ खुलेका अवैध भट्टीमा मदिरा पिउन आउने गर्छन । प्रहरी उपरीक्षक सिंहले अधिकांश स्थानमा मानिसको आउजाउ नै नहुने एकान्त ठाउँ (खेतको बिच भाग, बाँस घारी) मा भट्टी सञ्चालन गर्ने गरेको पाइएको बताउनुभयो ।

विषाक्त मानिने घरेलु रक्सी उत्पादन गर्ने भट्टी भत्काउने अभियान जारी राखिने प्रहरी उपरीक्षक सिंहको भनाइ छ । “लाइसेन्स प्राप्त मदिरा पसललाई केही गर्ने अवस्था भएन तर यस्ता विषाक्त मदिरा उत्पादन गर्ने अवैध भट्टी भत्काइरहेका छौँ,” उहाँले भन्नुभयो, “जहाँजहाँबाट सूचना प्राप्त हुन्छ, त्यहाँ प्रहरी पुगेर धमाधम भट्टी पसल भत्काउने काम गरिरहेको छ ।’’

प्रहरी टोली पुग्दा भट्टी सञ्चालक भने भेटिँदैनन् । प्रहरी आउने सूचना पाएपछि सञ्चालक भट्टी पसल छाडेर फरार हुने परिपाटी छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल