Alliancekhabar

सोमबार, जेठ १४, २०८१

धनगढी, जेठ १४ गते । मुख्यमन्त्री दीर्घबहादुर सोडारीले सङ्घीय सरकारको बजेट प्रस्तुत भएपछि प्रदेश सरकारले पूर्णता पाउने विश्वास व्यक्त गर्नुभएको छ । सोडारी मुख्यमन्त्री भएको एक महिना बिते पनि सरकार गठन हुन नसकेकोमा चर्चा हुन थालेको छ । विभिन्न किसिमको चर्चा परिचर्चा भइरहेको बेला मुख्यमन्त्री सोडारीले यस्तो विश्वास व्यक्त गर्नुभएको हो ।

आइतबार गोरखापत्र दैनिकसँगको कुराकानीमा उहाँले भन्नुभयो, “सरकारले पूर्णता पाउने विषयमा नेकपा (एमाले) र नेकपा (माओवादी) का शीर्ष नेतासँग छलफल गर्ने समय नमिलेकाले केही ढिलाइ भएको हो ।”

“सङ्घीय बजेट भाषणपछि सुदूरपश्चिम प्रदेश सरकारले पनि पूर्णता पाउँछ,” उहाँले थप्नुभयो, “सबैलाई समेट्ने गरी मन्त्रालय थप्ने विषयमा कुनै छलफल भएको छैन । समर्थन गर्ने दलबाट मन्त्रीको नाम आउनेबित्तिकै प्रदेश सरकारले पूर्णता पाउने छ ।” सुदूरपश्चिम प्रदेशमा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टीले दुई/दुई र स्वतन्त्र प्रदेश सभा सदस्य डा. ताराप्रसाद जोशीले एक मन्त्रालय लिने चर्चा रहेको छ ।

सोही चर्चा अनुसार मन्त्रीपरिषद् बनाउन आठ वटा मन्त्रालय आवश्यक पर्ने हुन्छ । जबकि अहिले मुख्यमन्त्रीसहित सात मन्त्रालय मात्र कायम रहेका छन् । वर्तमान सरकार मुख्यमन्त्रीसहित तीन सदस्यीय मात्र रहेको छ । सरकारमा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता मुख्यमन्त्री सोडारी र नागरिक उन्मुक्तिका दुई जना मन्त्री हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल