Alliancekhabar

बुधबार, जेठ ०२, २०८१

काठमाडौँ, २ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले भृकुटीमण्डपमा आयोजना गरेको ‘म स्वदेशमै पढ्छु विद्यार्थीमहोत्सव–२०८१’ आज पनि जारी छ ।

युवा विद्यार्थीलाई नेपालको शिक्षाबारे जानकारी गराउन र आफ्नै देशमा उच्च शिक्षा हासिल गर्नुपर्छ भन्ने भावना जगाउने उद्देश्यले महोत्सव आयोजना गरिएको हो । मङ्गलबारदेखि सुरु भएको महोत्सवमा विद्यार्थीको उल्लेखनीय सहभागिता छ । अनेरास्ववियुका अध्यक्ष समिक बडालले महोत्सवमा विद्यार्थीले देशको शिक्षा प्रणाली र यहाँका कलेजका बारेमा जानकारी लिएको बताउनुभयो ।

महोत्सवको आज दोस्रो दिन ‘कसरी सम्भव छ राजनीतिक स्थायित्व’ भन्ने बिषयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव योगेश भट्टराई, नेपाली कांग्रेसका नेता प्रदीप पौडेल र विद्यार्थी नेत्री मानुसी यमी भट्टराईबीच छलफल हुनेछ ।

महोत्सवमा आएका विद्यार्थीलाई दुनाटपरी र गुन्द्री बुन्न सिकाइने छ । भोलिसम्म सञ्चालन हुने महोत्सवमा एक सय ५० भन्दा बढी प्रदर्शनकक्ष राखिएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल