Alliancekhabar

शनिबार, साउन २७, २०८०

भक्तपुर, २७ साउन : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शिक्षा र स्वास्थ्यमा जनताको सहज पहुँचको व्यवस्था गर्नुपर्ने बताउनुभएको छ ।

प्रजातान्त्रिक योद्धा, समाजसेवी एवं नेपाली कांग्रेसका पूर्वनेता श्यामबहादुर कार्कीको १६औँ स्मृति दिवसको अवसरमा आज भक्तपुरको बालकोटमा श्यामबहादुर स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा उहाँले शिक्षा र स्वास्थ्य प्रत्येक नागरिकको मौलिक हक भएको उल्लेख गर्दै शिक्षा र स्वास्थ्य उपचारको सुविधा सबै नागरिकले पाउनु पर्ने औँल्याउनुभयो ।

स्व कार्कीले प्रजातन्त्र स्थापनाका लागि पुर्याउनु भएको योगदानको स्मरण गर्दै महामन्त्री थापाले सामाजिक योगदानमा पनि कांग्रेस अगाडि बढ्नुपर्ने बताउनुभयो । कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य रमा कोइरालाले राजनीतिक मात्रै नभई सामाजिक व्यक्तित्वका रुपमा चिनिनुहुने कार्कीलाई पार्टीले सधैँ सम्झिने बताउनुभयो ।

कांग्रेसका जिल्ला सभापति एवं प्रतिनिधिसभाका सांसद दुर्लभ थापाले पार्टीका लागि र देशका लागि योगदान पुर्याउने कांग्रेसका नेता सधैँ जीवित रहने चर्चा गर्दै भक्तपुरको विकासमा कांग्रेसले पुर्याएको योगदान जनतामाझ लैजानुपर्ने बताउनुभयो । कांग्रेसका जिल्ला सदस्य कवीर राणा, चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठलगायतले स्वर्गीय कार्कीको योगदानका बारेमा चर्चा गर्नुभयो ।

प्रतिष्ठानका अध्यक्ष एवं कार्यक्रमका सभापति विष्णुराज कार्कीले स्थानीय गणेश आधारभूत विद्यालयमा अध्ययनरत एक सय १० विद्यार्थीलाई झोला, कापी, कलमलगायत सामग्री वितरण गर्नुभयो । सो अवसरमा ६४ जनाले रक्तदान गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल